आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 3, 2016

गाउँले जीवन (कबिता)

कुबेर मल्ल (रोष्ट्रम)
रुँघा ९, रुकुम

हरियाली बनको स्पर्शीतामा
कोकिल न्याउलीको मधुर स्वरमा
घसिया नानीको एकहोरो आवाजमा
मार्मिकता र हार्दिकताको अनुभूतिमा
गोठालो जीवनका मार्मिक क्षणमा
बित्दै छ यो गाउँले जीवन
स्वच्छता र सार्थकताको पहिचान

भारी श्रमको उत्सर्गमा 
निश्वार्थ भावको रोदनमा
केवल साथमा खोक्रो दुख
खोजीमा दिर्घकालिन शान्ति र सुख 
साँझ बिहान छाक टार्ने आशामा
स्वर्ण प्रभातको पुर्ण भरोसामा
बित्दै छ यो गाउँले जीवन 
स्वच्छता र सार्थकताको पहिचान

मृदुभाषीको अथाहा परिबेशमा
डाँफेचरीको एकहोरो स्वरमा
मृगशावकताको नृत्य कलामा
हिमगीरी खोलानाला अनी झरणाका
लाँलीगुराँस फुलेको बनपाखामा
पष्पपुञ्जहरुको साथमा भमरा
प्रकृतिसंग मित लगाउँदै
बित्दै छ यो गाँउले जीवन
स्वच्छता र सार्थकताको पहिचान

आदर्शता र सहिष्णुताको निपुणतामा
रोदी अनी झ्याउरेको परिबेशमा
पौरख अनी सेवाभावको रवाफमा
शान्त र स्नग्दको भावमा
अनेकतामा एकताको साथमा
सदभाव र सदगुणको यर्थाततामा
बुद्धको गहकिलो सन्देशमा
बित्दै छ यो गाउँले जीवन
स्वच्छतामा र सार्थकताको पहिचान 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |