आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 3, 2016

नयाँ शक्ति रुकुमको जिल्ला परिषदमा को को ?

मेगराज खड्का
रुकुम
नयाँ शक्ति अभियान रुकुमले अन्तरिम जिल्ला परिषद् घोषणा गरेको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा आयोजित भेलाले उपेन्द्रलाल कामीको संयोजकत्वमा ६१ सदस्सीय उक्त परिषद् घोषणा   गरेको हो । 
जिल्लामा पहिलो पटक गठन भएको अन्तरिम जिल्ला परिषद्ले आगामी दिनहरुमा अभियानलाई थप शसक्त र सदृढ गर्दै जाने बताईएको छ । अभियानका अनुसार अब जनताका अपेक्षा अनुसार गाउँ स्तरमा विभिन्न भेला गर्ने कार्यलाई तिब्रता दिईने छ । 
कोको थिए भेलामा ?
सदरमुकाम खलंगा स्थित शिशिर बसन्त भ्यू गेष्ट हाउसको सभाहलमा आयोजना गरिएको भेलामा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य तथा रुकुम जिल्ला संयोजक दिपेन्द्र विकको अध्यक्षता र अभियन्ता उपेन्द्रलाल कामीको सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य अभियन्ता अमर ओलीले दिएका थिए । भेलामा प्रमुख अतिथि एवंम नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सचिवालय सदस्य शरुण वाँठामगर, ६ नं प्रदेश      परिषद सदस्यहरु प्रेम बोहरा, नारायण प्रकाश गिरी, कुल बहादुर विष्ट, प्रेम प्रकाश गिरी र ५ नं प्रदेश परिषद सदस्य सबिना बुढा, नयाँ शक्ति कर्मचारी अभियानका कृष्ण पुन, पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश वि.क.(चिन्तन) लगाएतका अतिथिहरुले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए । 

को को छनोट भए जिल्ला परिषदमा ?
प्रारम्भिक जिल्ला भेलाले उपेन्द्रलाल कामीको संयोजकत्वमा ६१ सदस्यिय नयाँ शक्ति नेपाल रुकुमको अन्तरिम जिल्ला परिषद चयन समेत गरेको छ । जसको सदस्यहरु अमर ओली (मुरु), अर्जुन बि.क.(आठबिसकोट), अमर बि.क.(घेत्मा), कर्ण बहादुर दमाई (रुकुमकोट), कुल बहादुर बिष्ट (चौरजहारी न.पा.), कुल बहादुर बुढा (सिम्ली), कुल बहादुर खड्का (रुकुमकोट), गणेश बि.क.चिन्तन (गरायला), गोबिन्द भण्डारी (गोतामकोट), गोपाल पुन (मुरु), गणेश बि.क.(खारा), चेताराम नेपाली (रुकुमकोट), जनक गौतम (मु.न.पा.), डम्बर बिष्ट (छिवाङ्ग), तोक बहादुर खत्री (मु.न.पा), तिलक ओली (गरायला), दोर्ण ओली (मुरु), दिपेन्द्र कुमार रोकाय (नुवाकोट), दिपेन्द्र पाण्डे (मु.न.पा.), दिपेन्द्र महतरा (मु.न.पा.), दिपक ओली (नुवाकोट), दिलप्रसाद रोका (जाङ्ग),     दुधराज बुढा (मैकोट), धन बहादुर बि.क. (पुर्तीमकाँडा), नर बहादुर बि.क.(झुला) ,निलध्वज खत्री (मु.न.पा.), नारायणप्रसाद गिरी (चौरजहारी न.पा.), प्रेम ब. बोहोरा (स्यालापाखा ), प्रकाश चन्द    ठकुरी (गरायला), प्रेमप्रकाश यरी (स्यालाखदी), पे्रम ब. गिरी (चौरजहारी न.पा.), बल बहादुर चन्द (गरायला), विज्ञान महतरा (मु.न.पा.), भरत खत्री (दुली), भुबन पुन (दुली), भिम बहादुर सुनार   (चौरजहारी न.पा.), भुपेन्द्रराज गिरी (चौरजहारी न.पा.), मिरा बि.क. (झुला), मने दमाई (आठबिसकोट), मुना कुसारी (दुली), मनलाल झाँक्री (प्वाङ्ग), मोहन वि.सी.(खोलागाँउ ), यज्ञ ब. कामी (मुरु), यम ब. ओली (मुरु), यज्ञ खनाल (मग्मा), रमिता के.सी.(दुली), रोशन बिष्ट( मुरु), राखीमान बुढा (हुकाम), लालबिर बोहोरा (स्यालापाखा), शेर बहादुर चन्द (गरायला), शुसिल परियार (रुकुमकोट), शसिले सार्की (आठबिसकोट), शंकर ओली (खारा), हरि बहादुर उखेरा (बाँफिकोट), हेमराज बोहोरा ( स्यालापाखा) र ५ वैकल्पिक सदस्यहरु रहेको ६१ सदस्यीय  अन्तरिम जिल्ला परिषद गठन भएको छ । ५ जना बैकल्पिक सदस्यहरुको नाम भने सार्बजनिक गरिएको छैन । उनीहरु नयाँ शक्तिमा आबद्ध हुन्छौ भनेको तर नयाँ शक्तिको कार्यालय टिमलाई अझै पुर्ण बिश्वास नलागेका कारण नाम सार्बजनिक नगरिएको बताईएको छ । 

कुनकुन पार्टीबाट नयाँ शक्तिमा आबद्ध भए ?
हाल गठन भएको जिल्ला परिषदमा आबद्ध भएका अधिकांस एमाओबादी पृष्ठभुमिबाट नै आएका छन । तर सानो संख्यामा एमाले र राष्ट्रिय जनमोर्चाबाट पनि कार्यकर्ताहरु नयाँ शक्तिमा आबद्ध रहेको बताईएको छ । 
त्यस्तै केहि हाल सम्म पनि राजनैतिक दलमा नखुलेका केहि ब्यापारिहरुलाई पनि समेटिएको छ भने अधिकांस राजनैतिक अनुभव नभएका युवा अवस्थामा छन । यस अघिका रुकुम जिल्ला संयाजक समेत रहेका नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सचिवालय सदस्य शरुण वाँठामगर नयाँ शक्तिको जिल्ला परिषदमा अधिकांस युवा अवस्थाका कार्यकर्ताहरु समेटिएको बताए ।  ‘धेरै नयाँ पुस्ताका युवा साथीहरु नयाँ शक्तिका आर्कषण देखिन्छ भने आबद्धता पनि त्यस्तै छ’ उनले भने, ‘तर उनीहरु राजनैतिक अनुभव बिनाका काचा छन, उनीहरुलाई नेतृत्व तहमा ल्याउन प्रशिक्षण चाँहि रामै मेहनत लगाउनुपर्छ ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |