मेगराज खड्का
रुकुम
रुकुमको बिकास निर्माण तथा अन्य क्षेत्रको सफलता सम्बन्धी तयार पारिएको फिचरहरुको संगालो ‘समृद्धिको बाटोमा रुकुम’ प्रकाशन भएको छ । जिल्ला विकास समिति रुकुमको नवौं जिल्ला परिषदको अवसरमा आपुर्ति मन्त्री गणेशमान पुनले फिचर संगालोको बिमोचन गरे । ।
जिल्ला विकास समिति रुकुमले प्रकाशन गरेको ८२ पृष्ठ उक्त पुस्तकमा शान्ति स्थापना पछि रुकुम जिल्लामा भएका विकास निर्माण, शान्ति, एकता र नमुना कार्यहरु सम्बन्धी रुकुम जिल्ला स्थित क्रियासिल पत्रकारहरुद्धारा लेखिएका फिचर तथा लेखहरु रहेका छन । पत्रकार कृष्णप्रसाद गौतमले सम्पादन गरेको उक्त पुस्तकमा जिल्लाको बिकास, शान्ति, बिद्युत, सञ्चार, कृषि तथा पर्यटन, महिला तथा स्वास्थ्य सेवा, जातिय सद्भाब तथा उद्यमशिलता र चेतना तथा खानेपानी सरसफाई सम्बन्धी २३ ओटा फिचरहरु समाबेश गरिएको छ ।
हाईडल प्रेस प्रालि काठमाण्डौबाट मुद्धण गरिएको उक्त पुस्तक ५ सय प्रति प्रकाशन गरिएको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार यस प्रकृतिको फिचर संगालोहरु आगामी बर्षहरुमा पनि प्रकाशन गर्न पहल गरिने छ ।
0 comments:
Post a Comment