आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 10, 2016

कार्यक्रमहरुको मुख्य उदेश्य शैक्षिक गुणस्तर बृद्धि गर्नु नै हो

रुपान्तर नेपाल नामक एक गैरसरकारी संस्थाले रुकुममा करिब एब बर्षदेखि बिभिन्न गतिबिधी गर्दै आईरहेको छ । संस्थाले जिल्लामा प्राथमिक शिक्षामा गुणस्तर ल्याउन बिद्यालयमा स्तरमा बिभिन्न गतिबिधी गर्दै आईरहेको छ भने पछिल्लो समय निकै लोकप्रिय बनिरहेको सूचना प्रबिधी अन्र्तगतको क्षेत्र कम्प्युटर तालिम पनि दिदै  आईरहेको छ । यस संस्था मार्फत जिल्लामा सञ्चालित बिभिन्न गतिबिधी, संस्थाको भाबी योजना र आर्थिक व्यवस्थापनका बिषयमा यस संस्थाका रुकुम स्थित फिल्ड सुपरभाईजर उत्तम बिकसंग आहा सञ्चार साप्ताहिकका लागि मेगराज खड्काले गरेको कुराकानी ।

रुपान्तर नेपाल भन्ने संस्था रुकुमको लागि नयाँ नै हो । खासमा रुपान्तर नेपाल भन्ने कस्तो सस्था हो ?
रुपान्तर नेपाल ‘सर्वाङ्गिण बिकास मार्फत  रुपान्तरित समाज’ स्थापना गर्ने परिकल्पना र ‘इश्वरको सृष्टिको संरक्षण गर्दै, स्थानिय श्रोतसाधनको अधिकतम परिचालन समुदायको क्षमता अभिबृद्धि द्धारा समुदायको सर्बाङ्गिण बिकासलाई प्रबद्र्धन गर्ने’ ध्येयका साथ २०६५÷०४÷०५ गते भक्तपुर जिल्लामा दर्ता भएको एक ख्रिष्टियन गैर सरकारी संस्था हो । यसले सर्लाही, भक्तपुर, कञ्चनपुर, कैलाली,    नवलपरासी, नुवाकोट, काठमाण्डौ, ललितपुर र रुकुमलाई आफ्नो कार्यक्षेत्र बनाई बिभिन्न परियोजना सञ्चालन गर्दै आईरहेको  छ । 

यस सस्थाबाट जिल्लामा के कस्ता कार्यक्रमहरु सञ्चालन भैरहेका छन ?
रुकुममा हामीले यस संस्था मार्फत २ वटा  परियोजना सञ्चालन गरिरहेका छौं । एउटा कुनै पनि बालबालिका नछुुुटुन वा शिक्षा परियोजना र अर्को ब्याबसायिक तालिम केन्द्र परियोजना सञ्चालनमा छन । रुपान्तर नेपालले २०७१ देखि रुकुममा  काम गर्न जिबिस रुकुमबाट अनुमति प्राप्त गरिसकेपछि फिडा ईन्टरनेशनलको      साझेदारी कुनै पनि बालबालिका नछुटुन भन्ने  परियोजना अनुसार रुकुम र सर्लहीमा बिभिन्न किसिमका गतिबिधिहरु सञ्चालन गरिरहेको छ । जस्तै रुकुममा रुपान्तर नेपालले मुसिकोट  नगरपालिका र भलाक्चा गाबिसाई आफ्नो कार्यक्षेत्र बनाएको छ । कुनैपनि बालबालिका नछुटुन भन्ने परियोजना अन्तर्गत हामीले बिभिन्न क्रियाकलापहरु गर्दै आएका छौं । जस्तै प्राथमिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले भलाक्चा गाबिसमा  रहेका बिद्यालयका प्राथमिक तहका शिक्षक शिक्षिकालाई बालमैत्री शिक्षक तालिम, बिद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराउने, खानेपानी तथा धारा निर्माण, बालमैत्री शौचालय निर्माण, बिद्याथीहरुको प्राथामिक स्वास्थ्य उपचार, बिद्यालय ब्यबस्थापन समितिलाई उनीहरुको क्षमाता अभिबृद्धि तालिम, अभिभाबक भेला, बालमैत्री कक्षाकोठा ब्यबस्थापन  र बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई उनीहरुको चौतर्फि बिकासलाई मध्यनजर गर्दै उनीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम, खेल सामाग्री प्रदान लगायतका काम गरिरहेको छ । यी सबै क्रियाकलाप प्राथामिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने नै हो । अर्को व्यवसायिक तालिम केन्द्र अन्र्तगत मुसिकोट नगरपालिमा एक कम्प्युटर तालिम केन्द्र सञ्चालनमा छ । जसबाट बेराजगार र कुनै पनि सिप नभएका युवाहरुलाई कम्यूटर तालिम प्रदान गर्ने गरिएको छ भने क्याँफे कुकिङ र बेकिङको तालिम  पनि सञ्चालनको तयारीमा छ । 

यस संस्था मार्फत आगामी दिनमा के कस्ता नयाँ कार्यक्रम आउछै छन ?
रुपान्तर नेपालले फिडा ईन्टरनेशनल संग सन २०१९  सम्म हस्ताक्षर भएको छ र कुनैपनि बालबालिका नछुटुन परियोजना त्यतिबेला सम्म निरन्तर रहिरहन्छ । त्यस्तै रुपान्तर नेपालले नयाँ कार्यक्रमको लागि पनि बिभिन्न आइएनजिओ संग सम्पर्क र समन्वयमुलक कार्यक्रमहरु गरिरहेको छ । अब रुकुममा शिक्षा क्षेत्र मात्र नभई जीबिकोपार्जन तथा आयआर्जन सम्बन्धि काम गर्ने र अब छिट्टै रुकुममा एउटा क्याफे स्थापना गर्ने जसबाट कुकिङ र बेकिङ लगायतका अन्य तालिमहरु सस्था द्धारा सञ्चालन ल्याउने तयारीमा छौं । 
जिल्लामा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक क्षेत्रलाई कसरि व्यवस्थापन गरिरहनु भएको छ ?
आर्थिक व्यवस्थापन पहिलो कुरा त डोनर नै हुन । त्यस्तै रुपान्तर नेपालको अर्को आर्थिक बलियो पक्ष के हो भने आफ्नै व्यवसायिक तालिम केन्द्र छ । जस्तै भक्तपुरमा आफ्नै क्याफे र बिभिन्न क्षेत्रमा तालिमहरु चलाउछौ । सर्लाहिमा कम्प्युटर र मोबाईल, मोटरसाईकल मर्मत सम्बन्धि तालिम केन्द्र छ भने रुकुममा पनि बिभिन्न क्षेत्रमा तालिम दिने प्रशिक्षकहरु छन यी क्षेत्रबाट आएको स्रोतले कार्यक्रमहरु सञ्चालन गर्दछौ  । 
अन्त्यमा केहि थप्नु छ ? 
अन्तमा रुपान्तर नेपाललाई आफ्नो कार्यक्रम सञ्चालन गर्नलाई सहयोग गर्नुहुने जिबिस रुकुम,  सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, मिडियाकर्मी र अन्य सम्पुर्णलाइ कार्यक्रम सञ्चालनमा सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिदै सबैको साथ र सहयोगको निरन्तर अपेक्षा पनि गर्दछौ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |