आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 9, 2016

राम्रो कविता लेखेपछि सबैभन्दा बढी मलाई आनन्द आउँछ

बुवा बलविर विश्वकर्मा र आमा धनसरा विश्वकर्माबाट वि.स. २०३५ साल जेठ २२ गते जन्मेका गणेश बिक (चिन्तन) २०५४ सालदेखि पत्रकारितामा प्रवेश गरेका हुन । “सिस्ने वार्षिक भित्ते पत्र” नामक विचार प्रधान पत्रिकाबाट आफ्नो पत्रकारिता शुरुवात गरी बिभिन्न पत्रिकाहरुमा आबद्ध भए । २०५८ सालदेखि २०६० सम्म भुमिगत रुपमा युद्ध पत्रकारिता गर्दै “नयाँ सन्देश पाक्षिक पत्रिका” प्रकाशन गरेको उनी बताउछन । 
२०६०÷०६१ तिर रुकुमको पहिलो साप्ताहिक पत्रिका “जन्तिधारा साप्ताहिक” पत्रिकाको कार्यकारी सम्पादकको रुपमा रही काम समेत गरेका बिक २०६२ सालमा पत्रकार महासंघ रुकुमको उपसभापति पनि भए । 
२०६४ सालमा रेडियो सानोभेरीमा कार्यक्रम संयोजक भई काम गरेका उनी २०७० सालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमको चौथो अधिवेशनबाट अध्यक्ष भई हालसम्म अनवरत रुपमा काम गरिरहेका छन । उनी एउटा पत्रकार मात्र नभएर कुशल साहित्यकार पनि हुन । उनको बिगत, बर्तमान, माया र प्रेम तथा जीवनका सन्दर्भमा रहेर आहा सञ्चार साप्ताहिकका लागि उनै चिन्तन सँग राम वि शाम (साधक) ले गरेको आहा टक । 

आजभोली कसरी चल्दैछ पत्रकारिता जीवन ?
समाजमा रहेका विकृति, विसंगति न्युनिकरण गर्न र पत्रकारितालाई कसरी मर्यादित, व्यवस्थित, स्वच्छ र निष्पक्ष बनाउनमा नै व्यस्त छु ।  
रुकुमको पत्रकारिताले जिल्लाको बिकास तथा समृद्धिका लागि कस्तो भूमिका खेलिरहेको छ ?
नागरिक अधिकारका विषयमा वकालत गर्दै सामाजिक विकृति, गरिबी, बेरोजगारी आदि समस्याहरु कम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । 
तपाईको कपडा आफै धुनुहुन्छ की म्याडमले ?  
प्रायजसो आफै धुन्छु । 
आजसम्म आमाबुवाको मन कति पटक दुःखाउनु भएको छ ?
एक पटक म जेल पर्दा आमाबुवाको मन रोयो होला तर अन्य कारणले आमाबुवाको मन दुखाएको छैन । 
विद्यालयमा पढ्ने बेला कति बनाउनु भयो प्रेमिकाहरु ?
कत्ति पनि बनाईएन । 
मानौँ, तपाईलाई यस्तो समस्या आईलाग्यो जसमा तपाईले आमा र श्रीमती मध्ये एक जनालाई मात्र बचाउन सक्नुहुन्छ भने कसलाई बचाउनुहुन्छ ?
आमालाई
आजसम्म तपाईलाई भूतले कति पटक तर्साएको छ ?
रुढीवादी, अन्धविश्वास प्रतिवादी म विश्वासै गर्दिन । 
कुन धर्म मान्नुहुन्छ ? किन ।
म धर्म मान्दिन किनभने भौतिक दुनिँया बाहेक अरु केही छैन भन्ने मेरो मान्यता हो । 
दाम र नाम मध्ये कसलाई रोज्नुहुन्छ ?
नाम
रुकुम जिल्ला भित्रका तपाईले नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
शरुण बाँठा मगर, देवीलाल गौतम (अमिट), तुलसा बुढाथोकी (शहिद आमा), गोपाल जी जङ शाह र मेघबहादुर श्रेष्ठ (महेश)
तपाईलाई सबैभन्दा के गर्दा आनन्द आउँछ ?
राम्रो कविता लेखेपछि सबैभन्दा बढी आनन्द आउँछ । 
अन्त्यमा जीवनलाई कसरी अथ्र्याउने गर्नुभएको छ ?
जीवन एउटा संघर्षको यात्रा हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |