आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 11, 2016

शिक्षक आयोगतिर, बिद्यार्थी आन्दोलनतिर

गोपाल रेग्मी
चौरजहारी
जिल्लाको एक बिद्यायमा कार्यरत शिक्षकहरु लोकसेवा आयोगतिर लागेपछि बिद्यार्थीहरुले पठनपाठनको माग गर्दै आन्दोलन शुरु गरेका छन । नियमित पठनपाठनको माग गर्दै शीतल उच्च माध्यामिक विद्यालय चौरजहारी रुकुमका विद्यार्थीहरुले आन्दोलनको शुरुवात    गरेका हुन । 

उनीहरुले विद्यालयका प्राचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल पठनपाठन कार्य नियमित गर्न माग समेत गरेका छन । विद्यालयमा अध्ययनरत प्राविधिकधार सिविल ईन्जीनियर र साईन्स विभागका विद्यार्थीहरुले विद्यालयका प्राचार्य गणेश प्रशाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन । आधा शैक्षिक सत्र विति सक्दा पनि शिक्षकहरुले नियमित अध्यापन नगरेको, बिद्यालयमा पढाउन छोडेर लोकसेवा आयोगको तयारी तिर लागेको, अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक कक्षा संचालन नभएको तर पढाई शुल्क भने चर्को रहेको ध्यानकार्षण पत्रमा उल्लेख गरिएको ध्यानाकर्षण पत्र बुझाउनमा नेतृत्व गरेका बिद्यार्थी निराजन केसीले जानकारी दिए ।  उनका अनुसार उक्त समस्या समाधानमा दबाद दिने उदेश्यका साथ आफ्नो अध्यक्षतामा  ९ सदस्यीय विद्यार्थी आन्दोलन परिचालन समिति समेत गठन गरेको जानकारी दिए । ‘केहि शिक्षकहरु लोकसेवा आयोगको तयारीमा जिल्ला बाहिरतिर गएका छन, केहि शिक्षकको दरबन्दी नै खाली छ भन्छन’ बिद्यार्थी केसीले भने, ‘बिद्यालयमा सिभिल ईन्जिनियर र साईन्स जस्ता जटिल बिषयहरुमा पढाई सञ्चालन गर्ने तर शिक्षकहरुले नियमित नपढाउने हो भने हामी कसरी पास हुन सक्छौं ।’ उनका अनुसार बिद्यालयमा नियमित पठनपाठनमा शिक्षकहरुद्धारा लाप्रवाही भएको लामो समय भएपनि धेरै समय कुरेर मात्र बिद्यार्थीहरुले आन्दोलन   गरेका हुन । 

ध्यानकार्षण पत्रका सम्बन्धमा बिद्यालयका प्राचार्य रिजालले आफुले मात्र यस बिषयमा केहि गर्न नसक्ने भन्दै बिद्यालय ब्यबस्थापन समितिको बैठक बस्न लगाएर छलपल गरिने बताए । यस सम्बन्धमा विद्यालयमा अध्यापनरत शिक्षकहरु लोक सेवा आयोगको  तयारीमा जुटेको र अन्य थप ३ जना ईन्जीनियर शिक्षक विद्यालयमा पदपुर्ति हुन बाँकी रहेका कारण केहि समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल शर्माले स्वीकार गरे । बिद्यार्थीहरुले गरेको ध्यानाकर्षणलाई गम्भिर र जायज मागको रुपमा लिएको  भन्दै उनले तत्काल बैठक बसी समस्या समाधानको दिशातिर बढ्ने जानकारी दिए । बिद्यालयमा प्राविधिक धार अन्र्तगत सिभिल ईन्जीनियर तर्फ २७ जना विद्यार्थीहरु अध्ययनरत छन । शैक्षिक सत्र २०७१÷७२ देखि उक्त विद्यालयमा जिल्लामै पहिलो पटक २ बर्षे सिभिल ईन्जिनियर र साईन्स कक्षा सुरु भएको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |