आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 18, 2016

आर्थिक अभाबले बाल बालिकाहरु विद्यालय जान छोडे

आहा सञ्चार संबाददाता
खलंगा
बालकल्याण निमाबि मुरु ५, लाछीकोट रुकुममा अध्ययनरत ३ जना बालवालिकाहरु आर्थिक अभावका    कारण विद्यालय जान छोडेका छन् । गाबिसको वडा नं ५ जथावाङ बस्ने वर्ष १२ का जिवन डाँगी, बर्ष १० की मनमाया डाँगी र बर्ष ७ का चन्द्र बहादुर डाँगी गत माघ १५ गते देखि विद्यालय जान छोडेको नयाँ शक्ति अभियानका अभियान्ता अमर ओलीले जानकारी दिए । 
उनका अनुसार माघ ४ गते उनीहरुलाई पालनपोषण गर्ने र शिक्षादिक्षा दिने अनि विद्यालय पढ्न पठाउने बुवा धन बहादुर डाँगीको आकस्मिक मृत्यु भएपछि ति बालवालिकाहरु विचल्लीमा परेका हुन । घरको आर्थिक अवस्था कमजोर भएकोले आमाले पनि उनीहरुलाई नियमित रुपमा विद्यालय पढ्न पठाउन नसकेको बताएकी छिन । 
मुरु जिल्लाकै पहिलो निशुल्क तथा अनिवार्य शिक्षा प्रदत्त गाविस घोषणा भएको कारण विद्यालयमा त कुनै शुल्क तिर्नु पर्दैन तर नियमित रुपमा विद्यालय जान कापी, कलम, झोला, विद्यालय पोषाक लगायतका सामाग्रीहरु खर्च ब्यबस्थापन गर्न नसकिएको हो ।  ‘कापीकलम किनीदिने र कमाई गर्ने बुवाको मृत्यु भएपछि हामी स्कुल गएका छैनौं, विचल्लीमा परेका बालक जिवन डाँगीले आँशु झार्दै भने, ‘अब हाम्रो पढाई खर्च कसले दिन्छर पढ्ने ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |