आहा सञ्चार साप्ताहिक पत्रिकाका लागि गायक तथा संगितकार अमितबाबु रोकायसँग राम वि शाम (साधक) ले गरेको आहा टक
कस्तो चल्दैछ सांगितिक जीवन ?
जे होस संघर्षका पाईलाहरुलाई निरन्तर चलाउनका लागि पछि सरेको छैन । संसारको जुनसुकै कुनाबाट भएपनि अहिले यहि संगितभित्र हराईरहेको छु ।
विवाह गर्ने की नगर्ने ?
विहे गर्छु । यो दाम्पत्य जोडी भएर घरबार जोड्ने त यो संसारको रित भन्छन् । एकदिन गर्नुपर्छ तर अहिले चाहिँ गर्दिन २/४ वर्षपछि अमित बाबुले विहे ग¥यो भनेर थाहा पाईहाल्नुहुन्छ नी । अहिले मसँग संगित साथी छ । कहिले गयो माया खेर, कहिले टाढा नजाऊ कान्छु भन्दै कहिले आमा तिम्रो दुधको भारा भन्दै आफ्नो कला गलालाई प्रस्तुत गरेको छु, गर्दै पनि छु त्यसकारण अहिले विहे भन्दा संगित नै प्यारो छ ।
कति जना छन् हजुरका प्रेमिकाहरु ?
हा हा हा............ प्रेमिका त जीन्दगीमा छन् माया गर्नेहरु, मन पराउनेहरु । तर जुनी काट्ने एउटै हुन्छ रे .... हेर्नुहोस् साधक जी अब हजुरलाई पनि थाहा भएकै कुरा हो । प्रेमिकाहरु धेरै भएपनि म विहे कसलाई गर्छु थाहा छैन । अहिलेसम्म मन जित्ने केटि भेटेको छैन । ।
आजसम्म आमाबुवालाई कति पटक रुवाउनुभएको छ ?
उता बाजेबईले भन्छन अरे नाति हरायो, उता आमाबाले भन्छन अरे रुने गरायो । म भने गित गाउन काठमाडौँ आएँ यतै बाट गाउँदा गाउँदै भैयो लाहुरे...... घरका परिवार कसैले भनेको नमानेरै संगितमा लागे । त्यसकारण बुवा, दाजुदिदी सबैको मन दुःखाएको त छु नै झन एक नम्बरमा सँधै मेरो बाटो हेरेर मेरै पिर गरेर रुने मेरी आमालाई धेरै पल्ट रुवाएको छु ।
दाजुभाई तथा दिदीबहिनीलाई कत्तिको माया गर्नुहुन्छ ?
मेरो एउटा दाई हुनुहुन्छ अनि दुई जना दिदी हुनुहुन्छ । म उहाँहरुलाई धेरै माया गर्छु । म घरको कान्छो भएर होला उहाँहरुले पनि मेरो साह्रै पिर गर्नुहुन्छ ।
तपाईले संगित गरेका तथा स्वर दिएका गितहरु मध्ये ५ वटा गितहरुको नाम लिनुपर्दा ?
मैले गाएका र संगित गरेका गित मध्ये श्रोताहरुले धेरै रुचाएको गित (एकछिन पनि म बाट टाढा नजाऊ कान्छु), गयो माया खेर, तिम्रै बाटो कुर्दाकुर्दै गए वर्षहरु, आमा तिम्रो दुधको भारा तिर्न कोशिस गर्छु र खोजीसकेँ उनलाई त सारा संसारभरि ।
श्रोताको माया लाग्दैन र ? यसरी किन हरानुभएको त ?
म हराएको छैन । आजकाल म वाहिर छु । यहिबाटै भएपनि संगित गरिरहेको छु । म हराउन त कसरी सक्छु र ? यस्तो कुरा नगर्नुहोस् न साधक जी मेरो मन दुख्छ । हरपल हरक्षण म संगितसँगै छु । हजुरजस्ता साहित्यकार, गितकारको अझैँ धेरै माया पाउन बाँकी छ ।
आमा, बुवा र कलाकारिता एक रोज्नुपर्दा ?
समस्यामा पार्नु भो त । आमाबुवा धर्तीमा पाहिला टेकाउने भगवान हुनुहुन्छ, अर्को तर्फ कलाकारिता मेरो जीवनमा हाँस्दा अनि रुँदा मन बुझाउने, विरह पोख्ने बाटो बनेको छ । मेरो लागि सबै प्यारो छ ।
तपाई जीन्दगीमा कति पटक हाँस्नुभएको छ ?
म जीन्दगीको गोरेटोमा सफलतामा हाँसेका पल छन् तर मेरो जीवनमा हाँस्ने भन्दा रोएका पल धेरै आएका छन् । समग्रमा धेरै रोएको छु । २÷४ पटक हाँसेको छु ।
रुकुम जिल्ला भित्रका तपाईले नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
फेरी अप्ठेरोमा पार्नु भो त । विभिन्न क्षेत्रका मान्यजन त धेरै हुनुहुन्छ तर विशेष गरेर मसँगै सहयात्रा गर्ने हजुर राम वि शाम (साधक), भद्र नकाल लगायत मलाई साथ दिने सहयात्री सर्जक गायक, संगितकार, सञ्चारकर्मी धेरै हुनुहुन्छ ठ्याक्कै ५ जनाको नाम लिन सकिन, माफ गर्नुहोस् ।
अन्त्यमा जीवन के हो ?
जीवनलाई हुन त आआफ्नै तरिकाले परिभाषित गर्न सकिन्छ । मैले परिभारित गर्दा जीवन एउटा भोगाई हो जसमा धेरै उतारचढावहरु आईरहन्छन् । कहिले खुशी बनेर हाँसिन्छ त कहिले दुःखी बनेर रोईन्छ । सोचे जस्तो हुन्न अनि चाहे जस्तोे हुन्न । जीवन भनेको सुख दुःखको मिश्रण हो जस्तो लाग्छ मेरो भोगाईमा ।
0 comments:
Post a Comment