आहा सञ्चार
रुकुम १७, फागुन
जिल्ला प्रहरी कार्यालय रुकुमले ७० किलो जाड बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुसिकोट नगरपालिका १ खलंगाको घ्यूखोलाबाट जाड बनाउन प्रयोग हुने अबैध कच्चापदार्थ बरामद गरी नष्ट गरेको हो ।
रुकुमको चौखावाङ गाविसमा घर भई मुसिकोट नगरपालिका १ सल्लेमा बस्दै आएकी २६ बर्षिया माया ओलीले भरियालाई बोकाएर जिल्लाको रन्मामैकोट तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा जिल्लामा अबैध रुपमा हुने कुनै पनि क्रियाकलापमा प्रहरी अनुसन्धान सक्रिय बनेको छ ।
0 comments:
Post a Comment