आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, February 26, 2016

समाचार प्रभाब पर्दा गाविसले नै यसरी पत्र काटेपछि....

आहा सञ्चार
रुकुम 
पत्रकार धनवीर दाहाललाई गाविस कार्यालय गोतामकोटले धन्यबाद ब्यक्त गरेको छ । उनले लेखेको समाचारका कारण गाबिसमा केहि हिमपात पीडितले राहत प्राप्त गरेपछि धन्यबाद ज्ञापन सगै छिटै औपचारिक अभिनन्दन गर्ने पनि एक पत्र काटेर जानकारी गराएको पत्रकार दाहालले आहा सञ्चारलाई जानकारी गराए ।  

दाहालले हिमपातबाट कष्टपुर्ण जिवन बिताइरहेका गोतामकोटबासीको पिडालाई समेटेर नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगाएतका सञ्चार माध्यममा समाचार संप्रेशण गरेका थिए भने समाचार संप्रेशणबाट रुपान्तर नेपाल भक्तपुरले राहत सामाग्री प्रदान गरेको थियो । राजनितिक, दल, वडा नागरिक मञ्च, गाबिस सचिव लगाएतको समुन्वयमा रुपान्तर नेपालबाट पठाइएका लत्ताकपडा बितरण गरिएको बताईएको छ । 

यस अघि पनि उनले लेखेका समाचार संप्रेशणबाट रुकुम झुला गाबिसको वडा नं ५ को पिपलगैरा वालसेवा निमाविमा ४ वटा भवन, वालकल्याण मावि सिम्तारुमा २ वटा भवन निर्माण भएका छन् भने र छिबाङ गाबिसको सतिपोले प्राबिका कक्षा कोठा अभावमा भुइमा पढिरहेका वालवालिकालाई जुट कार्पेट लगाएतका शैक्षिक सामाग्री बिभिन्न निकायले सहयोग गरेको उनले बताएका छन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |