मेगराज खड्का
रुकुम
प्रेस चौतारी रुकुम शाखाले रुकुमका पत्रकार धनबिर दाहाललाई कारबाही गरेको छ । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई संगठनको हित बिपरित बिभिन्न गतिबिधिहरु गरेको भन्दै पत्रकार धनविर दाहाललाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको प्रेस चौतारी रुकुमका सचिब महेश के.सीले जानकारी दिए । उनका अनुसार संगठनको हिजो बेलुका बसेको बैठकले उनीमाथी कारबाहीको निर्णय गरेको थियो । उनि माथी यसअघि आफु महासंघमा हुँदा चौतारीबाट नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने १४ जना साधारण सदस्यहरुको सदस्यता खारेज गरेको आरोप समेत लगाईएको छ । दाहालका विभिन्न गतिबिधिहरुका बिषयमा बिगत लामो समयदेखी सार्वजनिक चर्चा परिचर्चा समेत हुने गरेको र तिनै बिषयहरुमा केन्द्रित रहेर चौतारी रुकुमले उनका गतिबिधिहरुमा निगरानी गरेको बताईको छ ।
एक महिनाअघि बसेको बैठकले लिखित स्पस्टिकरण माग गरी पछिल्लो पटक बसेको कार्यसमितिको बैठकले उनको स्पस्टिकरण चित्त बुझ्दो नरहेको भन्दै उनलाई संगठनबाट निष्कासन गरेको हो । उक्त बैठकमा नेकपा एमाले प्रचार बिभाग उप–प्रमुख कर्णबहादुर ओली, नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायणकुमार शाह, पे्रस चौतारीका संस्थापक सदस्य जीवन खड्का र प्रेस चौतारी रुकुमबाट नेपाल पत्रकार महासंघ रुकुममा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको बताईएको छ ।
पत्रकार दाहाललाई संगठनले कारबाही गरेको भन्ने सूचना सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी भएपछि त्यस लगतै उनले एक प्रेस बिज्ञप्ती निकाली चौतारीले गरेको निर्णयमा आफ्नो गम्भीर ध्यानकार्षण भएको भन्दै खण्डन समेत गरेका छन । उनले बिज्ञप्तीमा भनेका छन, ‘म एमालेको सिद्धान्त र बिचार प्रति सदैव प्रतिबद्ध छु र रहने छु । दाहाल चौतारीको राप्ती अञ्चल सदस्य समेत भएकाे बताईन्छ । नेपाल टेलिभीजनमा काम गर्दै आएका पत्रकार दाहाल रुकुमको अग्रज तथा क्रियासिल पत्रकार हुन ।
हेर्नुहोस उनले निकालेको प्रेस बिज्ञप्ती जस्ताको तस्तै
प्रेस बिज्ञप्ती
हाम्रो देशमा नयाँ संबिधान जारी भई कार्यान्वयनको चरणमा छ । नेपालीको त्याग र तपस्यापछि नेपालमा नयाँ संबिधान जारी भएको हो । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागी बिभिन्न चरणका आन्दोलन भएका छन् । जुन आन्दोलनमा नेपाली प्रेस जगतको पनि उल्लेखनिय योगदान छ । नेपाली प्रेसको कुरा गर्दा प्रेस चौतारी नेपालले पनि अग्रनी भुमिका खेलेको छ । प्रेस जगतको अग्रनी संगठन प्रेस चौतारीले पत्रकारिताको हक र हितका लागी आवाज बुलन्द पार्दै आएको छ ।
हाम्रो संगठनलाई बदनाम बनाउने र संगठनमा क्रियासिल पत्रकारहरुलाई पनि बदनाम गर्ने उद्देश्यले रुकुममा केही गतिबिधिहरु भइरेका छन् । हाम्रो संगठन प्रेस चौतारी र संबद्ध पार्टी नेकपा एमाले छोडेर नेपाली कांग्रेसको क्रियासिल सदस्य भएको भनि मेरा बिरुद्धमा गलत प्रचार भएको र सोही प्रचारको आधारमा प्रेस चौतारी रुकुमले गरेको निर्णय प्रति मेरो गम्भीर ध्यानआर्कषण भएको छ । पार्टीको जिम्मेवार ढंगले भुमिका निर्वाह गर्दागर्दै र मेरो संगठन प्रेस चौतारीमा जिम्मेवारीका साथ काम गर्दागर्दै मेरा बिरुद्धमा भएका गलत प्रचारको म खण्डन गर्न चाहन्छु । मेरो नाम जस्तै मिल्ने केही व्यक्ति भएको कारणले त्यसैमा खेल्ने र यही बेला हो यसलाई गिराउने भन्ने भावना पालेका मान्छेहरुको कारणले मलाई विवादमा पार्न खोजिएको हो ।
तसर्थ यस्ता भ्रमका पछि नलाग्न म सबैमा हार्दिक आग्रह गर्दछु । म नेकपा एमालेको बिचार र सिद्धान्त प्रति सदैव प्रतिबद्ध छु र रहने छु । बिचारलाई जर्वरजस्ती परिवर्तन गर्न सकिँदैन र गर्ने कुरा पनि आउँदैन । जन्मदै नेकपा एमालेको झण्डामुनी रहेर उसको बिचारमा अडेर काम गरिरहेको र मर्दा सम्म पनि त्यही रहने कुरा यहाँ सबैलाई जानकारी गराउन चाहन्छु ।
धन्यवाद अभिवादन
धनवीर दाहाल
बाँफिकोट ४ रुकुम
कारबाहीको निर्णय मलाई थाहा छैन पार्टी अध्यक्ष पुन
भातृसंगठन तथा सुबेच्छुक संगठनहरु पनि सामान्यतया पार्टीकै मातहतमा चल्ले गरेको तपाई हामी सबैलाई जगजाएर नै छ । पार्टीको अध्यक्षले सामान्यतय आफ्नो संगठनमा कहाँ के भैरहेको छ भनेर जानरकारी पनि राख्नु पर्दछ र हुनु पनि पर्ने हो । तर पत्रकार धनबिर दाहाललाई प्रेस चौतारीले कारबाहि गरेको बिषयमा भने उनले आफुलाई जानकारी नभएको बताएका छन । आहा सञ्चार संग टेलिफोनमा कुरा गर्दै एमाले रुकुमका अध्यक्ष बिमल पुनले कताकता बाहिर सुनेको तर आधिकारिक रुपमा आफुलाई कुनै जानकारी नभएको बताए । ‘यो बिषयमा मलाई खासै जानकारी छैन, खास कुरा के हो जानकारी दिन मैले संगठनका साथीहरुलाई अहिले पार्टी कार्यालयमा बोलाइएको छु’ उनले भने । पार्टी अध्यक्षले दिएको प्रतिक्रिया अनुसार पत्रकार दाहाललाई कारबाही गर्ने वा नगर्ने बिषयमा अध्यक्ष पुन संग कुनै पनि सल्लाह नगरि एकलौटी संगठनले नै निर्णय गरेको बुझिन्छ ।
यस्तो छ चौतारीले पत्रकार दाहाल माथी कारबाहीका लागि तयार पारेको प्रतिबेदन र लगाईएका दर्जनौ आरोप

२, उक्त कार्यकालमा युनियनका व्यक्तिसँग मिलेर सदस्यता शुद्धिकरण कार्यदलको संयोजक भई चौतारीको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने १४ जना साधारण सदस्यको सदस्यता खारेज गरेको ।
३, पत्रकार महासंघको २०७० सालमा भएको अधिवेशनमा चौतारीले पुनः कमल थापालाई अध्यक्ष दोहो¥याउने प्रस्ताव गरेमा आफू युनियन प्रवेश गरी चुनाव लड्ने तयारी गरेको तर चौतारीले नै आफूलाई टिकट दिईसकेपछि युनियनसँग एलाइन्स गर्न अग्रसर भई अध्यक्षपछिका महत्वपूर्ण पद युनियनलाई दिनुपर्ने तर्फ लविङ गरेको । सो समयमा प्रेस युनियनका आदर्श केसीले पनि युनियनका केही सदस्यलाई धनवीर आउँदैछ, स्वागतका लागि तयारी गरौ है केटाहरु भनेर भनेको ।
४, त्यस्सै अधिवेशनमा केन्द्रको एलाइन्स क्रान्तिकारी पत्रकार संघ सित हुने र जिल्लामा पनि सोही अनुसार गर्नुपर्छ भनी प्रेस चौतारी केन्द्रीय कमिटी र जिल्ला पार्टीले सल्लाह दिँदा केन्द्रको माहोल हेरेर हुँदैन जिल्लामा त युनियन सँगै एलाईन्स गर्नुपर्छ भनी लविङ गरेको । अधिवेशनको अन्तिम अवस्थामा बाल मन्दिर अगाडि पलबहादुर खड्काको हार्डवेयर पसलमा पार्टीका नेताहरु खेममान खड्का, ठगेन्द्र पुरी, विमल पुन, नारायण शाह चौतारीका तत्कालीन अध्यक्ष सुरेन्द्र खत्री लगायतको छलफलमा क्रान्तिकारी सँग मिलेर जानुपर्ने भयो भनेर छलफल गर्दा त्यसलाई ठाडै अस्वीकार गरी क्रान्तिकारीको व्यक्ति उपाध्यक्ष हुँदा म अध्यक्ष हुँदैन, बरु अरु कसैलाई बनाउनुस, म अध्यक्ष हुने भए आदर्श केसी उपाध्यक्ष हुनुपर्छ भन्दै बाहिर निस्केको, उक्त खबर युनियनमा पु¥याएपछि तत्काल क्रान्तिकारी र युनियनको एलाइन्स सार्वजनिक भएको ।
५, त्यसपछि गठन भएको गणेश चिन्तन नेतृत्वको महासंघमा एलाइन्स भित्रकै क्रान्तिकारी र युनियनका प्रतिनिधिहरु अध्यक्षसँग स्वभाविक रुपले निकट हुनुपर्ने र पछि समावेश हुन गएको चौतारीको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने टिम प्रतिपक्षी जस्तो हुनुपर्नेमा महासंघ गठन भएको केही महिनामै चौतारीको टिम अध्यक्षसँग नजिक भएको र एलाइन्स भित्रकै केही व्यक्ति प्रतिपक्षी जस्तो भएको सहज वातावरण भएको अवस्थालाई विगार्न खोजेको र खोजिरहेको ।
६, चौतारीको कोटाबाट पत्रकार महासंघको केन्द्रीय पार्षद भई महाधिवेशनमा भाग लिन गएकोमा युनियनका उम्मेदवार पोषण केसी, अनिता विन्दु लगायतको प्रचार प्रसार गर्दै हिडेको, पोषण केसी महासंघको अध्यक्ष निर्वाचित भएको अवस्थामा युनियनमा प्रवेश गरी जिल्ला फर्कने तयारी समेत रहेको । सोही बेला धुव्र बुढाथोकीले टिका विष्टसँग धनवीर दाहाल युनियनमा प्रवेश गर्न लागेको शंका व्यक्त गरेको ।
७, प्रेस चौतारी जिल्ला सदस्य नवीन खड्का काँग्रेसमा प्रवेश गरेको बेला चौतारीले उसलाई कार्वाही गर्न खोज्दा उ एमालेमै छ, कार्वाही गर्नुहुन्न भनी चौतारीलाई भ्रममा पारेको ।
८, मानबहादुर नेपाली दलित आयोगको भर्खरै अध्यक्ष भएको बेला काठमाडौं सुन्धारामा भेटी आफूलाई आयोगमा अधिकृत स्तरको जागिर लगाईदिनुप¥यो, म काँग्रेस हुँ भनेको र युनियनका केही व्यक्तिसँग हामी काँग्रेसहरु, अव एउटै हौँ, केही गरौँ भनेर उक्साएको ।
९, काँग्रेस क्रियाशिल सदस्यको विवाद चर्किएको बेला फेसबुकमा ‘बाँफिकोटमा धनवीर दाहाल नाम गरेको ३ जना रहेछौँ, त्यसमा पनि २ जनाको त बाबुको नाम समेत मिल्ने रहेछ’ भनी फेसबुकमा पोष्ट गरेको, तर बाबुको नाम मिल्ने धनवीर दाहाल अरु नभएको । हाल क्रियाशिल सदस्यको वेवसाईटको लिस्टमा चलाखीपूर्ण तरीकाले बाबुको नाम खाली राख्न लगाएको ।
१०, आदर्श केसीले महेश केसीलाई धनवीरले काँग्रेसको क्रियाशिल सदस्यता भरेको छ, चौतारीले कार्वाही गर्ने हैन भाई भनेर भनेको ।
११, आफ्नो रुकुमेली विकास लहर पत्रिकामा पनि युनियनको व्यक्तिलाई मुख्य जिम्मेवारीमा राखेको ।
१२, नेपाली काँग्रेको सञ्चार मन्त्री हुँदा समेत नेपाल टेलिभिजनको रिपोर्टरमा रही रहेको र युनियनले पनि गोरखापत्र, राससमा अर्को व्यक्तिलाई सिफारिस गरेपनि नेपाल टेलिभिजनमा रिपोर्टर सिफारिस नगरेको ।
१३, द्वैध चरित्र भएको, एमालेका नेताहरु, चौतारी केन्द्रका नेताहरु र चौतारीबाट केन्द्र महासंघमा प्रतिनिधित्व गर्ने नेताहरु सँग पनि अरु सबैभन्दा बढि नजिक भएजस्तो देखिने, जिल्लाको गलत रिपोटिङ माथि पु¥याउने, अरु पार्टीका कुरा लिएर सुनाउने र यताका कुरा उता लिएर भन्ने गरेको ।
१४, आफूलाई धेरै नभएपनि २ महिनाको लागि मात्र भएपनि महासंघको अध्यक्ष बनाउनुप¥यो भनी कुरा राख्ने गरेको, २ महिनामात्र आफू भएपछि युनियन अनुकुल सदस्यता विस्तार गर्ने र विगतमा जस्तो चौतारीका सदस्य खारेज गरी सँधैका लागि महासंघ युनियनलाई सुम्पिने तयारी बुझ्न सकिन्छ ।
१५, नेपाली काँग्रेसको बैठकमा समेत पार्टीमा क्रियाशिलले सदस्यता नपाएको तर अरु पार्टीका हुँ भन्नेले पाए भनेर धनवीरको नामै लिएर सदस्यहरुले प्रश्न उठाउँदा पार्टी सभापति मानबहादुर नेपालीले कोही आईहाल्छ भने कसरी नआइज भन्ने भनेर प्रतिक्रिया दिएको, सचिव हर्कसिंह खत्रीले आफूलाई म काँग्रेस हुँ सदस्यता भरीदिनुपर्यो भनेकोले सदस्यता आएको स्वीकार गरेको ।
१६, काँग्रेसको मुसीकोट नगर अधिवेशनको बेलामा पनि सभापतिका उम्मेदवार वीरबल केसीले धनवीर काँग्रेसमा आएकोमा ठीकै छ, तर उसले महेन्द्र केसीलाई मात्र सहयोग गरेको पाएमा मैले पनि जानेको छु भनेर आफन्त होटेलमा कुरा गर्दा एमालेको खारा गाविसको एक कार्यकर्ताले सुनी चौतारीसम्म पुर्याएको ।
१७, काँग्रेस नेताहरु खम्बु मल्ल, नन्द विष्ट, खडक डाँगी, युनियनका केही जिम्मेवार व्यक्तिहरुले पनि काँग्रेसको क्रियाशिलमा नाम रहेको व्यक्ति अरु धनवीर दाहाल नभएर पत्रकार धनवीर नै हो भनेर प्रतिक्रिया दिएको ।
१८, बाँफिकोट गाविस वडा नं. ४ कै कमल दाहालले पनि धनवीर दाहालले फेसबुकमा राखेजस्ता ४ जना धनवीर उक्त वडामा नभएको, पत्रकार धनवीर बाहेक अर्को दत्तु जैसीको छोरा धनवीर भएपनि उसलाई संगम भनेर चिन्ने गरेको, उक्त व्यक्ति काँग्रेसमा आवद्ध नभएको, हाल सदस्यता प्राप्त धनवीर उनै पत्रकार धनवीर रहेको गाउँमा पनि हल्ला चलेको प्रतिक्रिया दिएको ।
१९, सोही स्थान निवासी प्रेस चौतारीका सदस्य नविन दाहालले पनि काँग्रेसको क्रियाशिल सदस्यता आएको धनवीर उनै पत्रकार भएको जानकारी गराएको ।
२०, पछिल्लो समयमा आफूले सदस्यता भर्दाखेरीका विवरण सार्वजनिक नगरिदिन र त्यसको बदला मैले के गर्नुपर्छ गर्न तयार छु भनी काँग्रेस निकट केही पत्रकारसँग हारगुहार समेत गर्ने गरेको ।
२१, चौतारीका पत्रकार र पार्टीका नेताहरुसंग पनि बाँफिकोट ४ बाट काँग्रेस क्रियाशिल सदस्यता प्राप्त गरेको धनवीर दाहाल आफू नभएर अर्कै व्यक्ति हो, उक्त मान्छे काँग्रेसको अधिवेशन प्रतिनिधि भएर जिल्लामै आएको छ भनी भ्रममा पारेको तर बाँफिकोट गाविसबाट जिल्लामा प्रतिनिधि आएका १२ जनाको लिस्टमा धनवीर दाहाल नाम नभएको ।
२२, पछिल्लो समयमा आफू नजिक रहेको काँग्रेसका नेताहरु हर्कसिंह खत्री, खम्बु मल्ल, नन्द विष्ट तथा उनीहरु निकट पत्रकारहरु आदर्श केसी, दिनेश खड्का लगायतको समूह अधिवेशनबाट पराजित भएको र अर्को समूह विजयी भईसकेपछि काँग्रेसबाट पनि आफ्नो स्वार्थ पूरा नहुने देखेपछि र हाल सरकार पनि एमालेकै भएको सन्दर्भमा आफूलाई एमाले नै भएको देखाउने क्रियाकलाप गर्न थालेपछि काँग्रेसका निवर्तमान सभापति तथा दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले २०७२।११।०७ गते मात्र शिशिर गेष्ट हाउसमा आफू निकट पत्रकारहरुसंग धनवीरले गतवर्ष काठमाडौंमा नेविसंघका जिल्ला अध्यक्ष लालबहादुर ओली बसेको होटेलमा २ महिनासम्म म काँग्रेस हुँ सँगै बस्न दिनुपर्यो भनेकोले पार्टीले संगै बसालेको तर अहिले फेरी एमाले नै हुँ भन्ने भए त्यो खर्च कसले व्यहोर्छ भनेर आक्रोशित भएको ।
4 comments:
kuro k ho
अचम्म ए लौ? यी आरोपहरु सत्य हुन भने त.........
अचम्म ए लौ? यी आरोपहरु सत्य हुन भने त.........
कुरो गम्भीर छ ।
Post a Comment