उपेन्द्रलाल कामी
चित्र अर्थात तस्विर यो चित्र भन्ने शब्द कहिले र कहाँबाट आयो? कस्ले ल्यायो ? त्यतातिर खोज्न लागेर समय बर्बाद गर्नु छैन । चित्र नामको शब्द उच्चारण गर्दा अहिलेका उप प्रधानमन्त्री चित्रबहादत्रर के.सी. को जीवनी लेख्न र पुर्व उपसभामत्रख चित्रलेखा यादबको बखान गर्न खोजेको पनि होइन । त्यसो भए गर्न खोजेको के त ? सहज उठ्ने प्रश्नको असहज जबाफ खोज्ने बिचित्रको काईदा अपनाएर फाईदा लिने जमर्को गर्दैछु । सामान्यतया कुनै पनि बस्तुको आकृति एवम् प्रतिविम्ब मानसपटलमा वा क्यामेरामा कैद गरी हातले या मेसिनले जस्ताको तस्तै देखिने गरी उतार्नुलाई नै चित्र भनिने गरिन्छ ।
चित्र वास्तविक र काल्पनिक गरि दुई प्रकारका हुन्छन् । वास्तविक चित्र प्रत्यक्ष भौतिक वस्त्ुाुको आकृतिलाई जस्ताको तस्तै उतारिएको हुन्छ भने काल्पनिक चित्र कल्पना गरेर आत्मिक अनुभुतिबाट बनाईएको हुन्छ । अहिलेको विज्ञान र प्रबिधिको युगमा आउँदा वास्तविक चित्र विचित्रमा र काल्पनिक कहिले काँहि वास्तविकतामा परिणत भएका हुन्छन् । उदाहरणको लागि देशको कुनै मन्त्रीलाई ब्याङग्या गरेर सिङ्गो तस्विरलाई कम्प्युटरमा राखि मन्त्रीको टाउकोमा कुकुरको शरिरको चित्र वा भाग जोडिदियो भने त्यो विचित्रको कार्टुन बन्छ भने कुनै पनि लगनशिल सामान्य व्यतिmले आफुलाई देशको भावी प्रधानमन्त्री बन्ने परिकल्पना सहितको चित्र कोरेर निरन्तर अगाडि बढ्यो भने कुनै दिन त्यो काल्पनिक चित्र वास्तविकतामा परिणत हुन्छ । काल्पनिकता बाट वास्तविकतामा परिणत हुने चित्र र वास्तविक चित्रको स्वरुप परिवर्तन गरिदिएपछि हुने विचित्रको अवस्थालाई राम्ररी चिन्न सकिएन भने कुहिरोमा हराएको काग झैँ हुदो रहेछ ।
चित्र हेर्नु अनुभुति गर्नु र बनाउनुमा धेरै फरक छ । देख्ने आँखा भएका हरेक प्राणीहरुले कुनैपनि वस्तुको आकृतिलाई देखेपछि सोहि अनुसारको प्रतिकृया जनाउछन् । वस्तुको आकृतिले मस्तिस्कमा प्रभाव पारेपछि वस्तुको अवस्था र प्रकृति अनुसारका संवेगहरु ः डर, रिस, प्रेम, घृणा, गर्व, खुसि, दुःख, लोभ, लालज वा ईष्र्या पैदा हुन्छ भने त्यसलाई अनुभुति भनिन्छ । अनुभुति गरिएको आकृतिलाई मस्तिस्कको सृजनात्मक अभ्यासद्धारा लेखेर वा बोलेर जस्ताको तस्तै उतार्नुलाई चित्र बनाउनु भनिन्छ । जसलाई चित्रकार वा कलाकार भनिन्छ । चित्र देखाउनु मात्र होईन सुनाउन पनि सकिन्छ । चित्र आफै बन्दैन बनाउन पर्छ । कुनै समयमा हातले मात्र बनाउनस पर्ने थिति स्थियो भने विज्ञान र प्रविधीको विकासले डिजिटल चित्र देखि थ्री.डी. चलचित्र समेत विकास भइसकेको छ । सुन्दरलाई कुरुप र कुरुपलाई सुन्दर बनाई आकृतिलाई विकृतिमा परिणत गरेर त्यसबाट कतिपयले नाजायज फाईदा पनि लिइरहेका छन् । एउटा इमान्दार चित्रकारले बनाइदिएको चित्रलाई कुनै खराब नियत भएको व्यतिmले केरमेट गरि विचित्रको कार्टुन बनाईदिएको हुन्छ । राम्रो चित्र बनाउन जति धेरै मेहनत लाग्छ, त्यो भन्दा धेरै सजिलो छ चित्रलाई केरमेट गरि चित्र बनाउन । कुनै पनि देश वा समाजको राजनैतिक अवस्थाको चित्रलाई हेर्ने हो भने पनि यहि कुरा लागु हुन्छ । राष्ट्र वा समाजको कनै एक राजनैतिक सर्जक इन्जीनियरले असाध्यै मेहनत गरेर कोरेको मार्गचित्रलाई अर्को प्रतिपक्ष वा विरोधिले त्यसलाई केरमेट गरेर विचित्रको बनाईदिन्छ । हाम्रै देशको राजनीतिमा पनि जनताको शासन व्यवस्था भएको स्वाधिन,समृद्धि र समाबेशि भएको समुन्नत राष्ट्र निर्माणको क्रान्तिकारी आन्दोलनको मार्ग चित्रमा लाखौँ मानिसलाई हिडाएर हजारौको अमुल्य जीवन क्रान्तिको वलि चढाइयो । जसबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै नयाँ नेपाल निर्माणको परिकल्पना सहितको खाका पनि केहि राजनैतिक सर्जक इन्जीनियरहरुले प्रस्तुत गरेका छन् । नेपालमा रहेका विविध जानजाती, वर्ग, लिङ्ग, क्षेत्र, धर्म र समुदायको विविधताले सुन्दर बहरङ्गी फुलबारी बनेको छ । रंगीन फुलबारीलाई व्यवस्थित गरेर मलजल गर्ने र फुलबारी भित्र उम्रेका झारपातहरुलाई उखेलेर गोडमेल गर्ने असल मालीको भुमिका निर्बाह गर्ने कुसल नेतृत्वको आवश्यकता देखिएको छ । हरेक जात जातिको पहिचान र सामथ्र्यलाई आधार बनाएर संघीय गणतन्त्र नेपालको अधिकार सम्पन्न तथा आर्थिक समृद्धिबाट समुन्नत स्वाभिमानि नागरिकहरुले भरिपुर्ण भएको देशको रुपमा विश्वसाम चिनाउन महाअभियानको थालनी गर्नपर्ने आवश्यकता देखिन्छ । विडम्बना के भइदिएको छ भने सबैले आफ्नै लतबाट सन्दर चित्र बनाउन खोज्ने तर अर्काले बनाएको चित्रलाई केरमेट गरेर विचित्र बनाइदिने होडबाजीले गर्दा कसैको पनि चित्र प्रष्टरुपमा चिन्न सकिने खालको छैन । अरु त कुरै छाडौँ नयाँ नेपाल भन्ने शब्द लाई नै केरमेट गरेर कसैले नयाँको याँ मेटाई जा राखेर नजा नेपाल बनाएर नेपालमा कोहि पनि जान नसक्ने अपराधिको क्रिडास्थल बनाएको देश बनाउन खोजिरहेका छन् भने कसैले नयाँको न मेटाई द राखेर दया नेपाल बनाएर नेपाललाई विश्वकै सबैभन्दा गरीब देशको रुपमा चिनाएर विभिन्न दातृ राष्ट्रका निकायहरुको दया र अनुदानले बाँच्ने राष्ट्र बनाउन खोजिरहेका छन् ।
अहिलेको नयाँ सम्बिधान जारी भईसके पछि बनेको नेपाल सरकारको संरचनाको चित्र हेर्ने हो भने त झन् वडो विचित्रको छ । एकले बनाएको मार्गचित्र अर्काले केरमेट गरेर विचित्रको बनाइदिनै पर्ने विपरित विचारको मेल र एक अर्कालाई सिध्याउनै पर्ने खेलमा आधारित छ । संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल सरकारको मन्त्री मण्डलमा राजावादी तथा गणतन्त्रका कट्ठर विरोधी उपप्रधान तथा पर र।ष्ट्रमन्त्री, संघीएका कट्ठर विरोधी उपप्रधान तथा गरिवि निवारण मन्त्री लगायत यस्तैयस्तै विपरित विचार र स्वभाबका पात्रहरु सरकारका मन्त्री भइसकेपछी विरालोको हातमा घिउको नासो भन्ने उखान लागु हदैन भन्ने के ग्यारेन्टि ? त्यसैले देशको राजनितिमा देखिएको विचित्रलाई मेटाएर पुनः सुन्दर मार्गचित्र निर्माण गरि राष्ट्रलाई नयाँ विकास दिन अग्रगामी सिर्जनात्मक सोचसहितको नयाँ राजनैतिक शतिmको निर्माण अपरिहार्य बनिसकेको छ । अबको नयाँ शतिmले समुन्नत राष्ट्रको मार्गचित्र बनाएर त्यसलाई विचित्र हुन नदिनको लागि सधैँ चनाखो भईरहनुपर्ने हन्छ । सुन्दर मार्गचित्र बनाएर व्यवहारमा लागु नगरेमा र त्यसको नियमित रेखदेख नगरेमा कोहि खराब नियदको मान्छेले त्यसलाई केरमेट गरिदिएर विचित्रको बनाईदिन सक्छ । निश्चय पनि सुन्दर मार्गचित्र निर्माण गर्न निकै ठुलो मेहनत गर्नुपर्ने हुन्छ तर मेहनत गरेर सुन्दर मार्गचित्र बनाउनु मात्रै ठुलो कु्रा होइन रहेछ । बनाएको मार्गचित्रलाई व्यवहारमा लागु गरेर त्यसको रेखदेख गर्नु असाध्यै महत्वपुर्ण कुरा रहेछ । मार्ग चित्रलाई व्यवहारमा लागु गरेर रेखदेख गर्न सकिएन भने कसैले केरमेट गरिदिएपछी हुनगएको विचित्रको दोषी पनि आफै हुनुपर्ने हुन्छ । किन भने आफुले चित्र बनाएर बाहिर नदेखाएपछी त्यसमा अरु कसैले केरमेट गरेर विचित्र बनाउन पाउदैन ।
चित्र बनाएर देखायो भने मात्र त्यसमा केरमेट भएर विचित्रबन्ने खतरा हुन्छ । त्यसैले सुन्दर नयाँ मार्गचित्र बनाउन चाहने सिर्जनशिल सोच भएका नयाँ शतिmका अभियन्ताहरु आफुले बनाएको सुन्दर चित्र विचित्रमा परिणत नहोस् भन्ने कुरामा असाध्यै चनाखो भइरहनु पर्दछ । कहिलेकाहि आफ्नै असाबधानी वा लापर्वाहिका कारण बनाउदै गर्दाको चित्र विग्रेर विचित्र हुनसक्छ । बनाउदै गर्दा विचित्र भएमा त्यसलाई मेटाएर पुनः बनाउने प्रयास चाहि निरन्तर जारी राख्नु पर्दछ । आफ्नै असाबधानीका कारणले होस् या अरु कसैले केरमेट गरिदिएर होस् बनाएको चित्र विचित्र भइदियो भने चित्र बनाउनेको नियत पवित्र हुदाहुदैपनि नियत भने दुर्गतिमा परिणत हन्छ । त्यसैले चित्र बनाउनु पुर्व र बनाईसके पछि अरुलाई देखाउँदा असाध्यै साबधानीका साथ विचित्र हुनबाट जोगाऔँ । अहिले त यतिमात्रै भन्न सकिन्छ की हेचित्र नहोउ विचित्र ।
0 comments:
Post a Comment