मेगराज खड्का
रुकुम
अबैध एक थान भरुवा बन्दुक सहित जिल्ला प्रहरी कार्यालय रुकुमले २ जनालाई सार्बजनिक गरेको छ । सार्बजनिक हुनेहरुमा रुकुम छिबाङ ३, गोठखोलाका २० बर्षिय प्रेम बहादुर रोका र सोहि ठाउँकै ४६ बर्षिय मान सिङ पुन रहेका छन ।
अबैध हातहतियार लुकाईछिपाई राखेका छन भन्ने बिषेश सुचना कार्यालयमा आएपछि एक टोली पठाई खोजतलास गर्दा उक्त भरुवा बन्दुक फेला परेको रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रोकाको घरबाट एक थान भरुवा बन्दुक सहित बारुद राखिएको डिब्बा २ थान, बारुद बनाउन प्रयोग गरिने सलाई १० थान, गोली जस्तो ढुङगा ७ थान फेला परेको थियो ।
त्यस्तै अर्का पुनको घरबाट बन्दुक बनाउन प्रयोग हुने फलामको नाल २ थान, फलामको गज १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने निर्माणधिन अवस्थामा रहेको बन्दुक आकारको काठ १ थान फेला परेको थियो । पक्राउ परेका ब्यक्तिहरुलाई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम ३ बर्ष देखि ५ बर्ष सम्म वा ६० हजार देखि १ लाख सम्म जरिवाना वा दुबै सजाय हुने काुननी प्राबधान रहेको प्रहरीले बताएको छ । सरकारले अबैध रुपमा राखिएका हातहतियारहरु प्रहरीलाई बुझाएमा कुनै कारबाही नहुने बेला बेला मौका दिएपनि स्थानीयहरुले नबुझाउदा अझै गाउँगाउँमा अबैध हातहतियार भेटिरहेका छन ।
0 comments:
Post a Comment