मेगराज खड्का
रुकुम १९, माघ
रुकुम पुर्तिमकाँडा ४ का बिर बहादुर नेपालीको हत्यामा संलग्मा ६ जनालाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ । सार्बजनिक हुनेहरुमा रुकुम पुर्तिमकाँडा ४ का २६ बर्षिय गङगे कामी, ३० बर्षिय हस्ते कामी, २९ बर्षिय पुने सुनार, ५२ बर्षिय सुके कामी, ३५ बर्षिय कालो कामी र ४४ बर्षिय रुद्रकला कामी रहेका छन ।
घटना संलग्न एक जना महिला बिमला बिक फरार रहेको र खाजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरिक्षक रुपेश खड्काका अनुसार उनीहरु सबैजना मिलि केहिले दाउरा तथा कोदालो प्रयोग गरि हत्या गरेका थिए भने केहिले शबलाई पाखोबारीमा लगेर फालेका हुन ।
नेपालीको शब घर नजिककैको पाखो बारीमा फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी रातारत घटनास्थलमा गई अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेकाहरुलाई घटनामा संलग्न भए अनुसारको कानुनी कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस यस्तो प्रहरीको घटना बिवरण


11:42:00 PM
www.aahasanchar.com






0 comments:
Post a Comment