रुकुमको पश्चिमी नगरपालिका चौरजहारी नगरपालिकाबासीहरुले संविधानको पूर्ण कार्यन्वयनका साथै अब स्थानीय विकास भएको हेर्न चाहेकोले सबै पार्टीहरु एकजुट भएर स्थानीय विकास गर्न पार्टीहरुलाई सुझाव दिएका छन ।
नेकपा एमाले चौरजहारी नगर कमिटीले गरेको वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो सुझाव दिएका हुन । नेकपा एमाले चौरजहारी नगरकमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य शेरबहादुर केसीले आफ्नो पार्टी र अन्य पार्टीहरुले पनि संविधानको कार्यन्वयनका लागि सक्दो सहयोग गर्ने र स्थानीय विकास निर्माणलाई प्राथमिकता दिने बताए ।
उक्त कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष ऋषिप्रसाद शर्मा, अनेमसंघकी अध्यक्ष कल्याणी खड्का, एमाले रुकुमका सचिवालय सदस्य विरबहादुर राणा, मिश्रीलाल शर्मा, जेष्ठ कम्युनिष्ठ सदस्य जगत प्रसाश शर्मा, सल्लाहकार सदस्य पदम ब लामिछाने, पर्शुराम लामिछाने, सुरेन्द्र नेपाली लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता नगरकमिटी अध्यक्ष नारायणप्रसाद खनालले सञ्चालक कौशिला केसीले जानकारी दिईन । संविधान प्रचार प्रसार तथा गाउँ जागरण कार्यक्रम अन्तरगत एमाले रुकुम अहिले गाउ जागरणमा गाउँ पसेको छ । नेकपा एमाले जिल्ला रुकुमका अध्यक्ष विमल कुमार पुन, सचिव हरिप्रसाद शर्मा र उपाध्यक्ष ऋषिप्रसाद शर्माको नेतृत्वमा अहिले नेकपा एमाले गाउँ जागरणका लागि तीनसमुह बनाई गाउँपसेका छन ।
0 comments:
Post a Comment