मेगराज खड्का
रुकुम
राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय रुकुमलाई बिश्वकर्मा थरका एक ब्यक्तिलाई शाह थर राखि नागरिकता दिन सिफारिस गरेको खुलेको छ । खलंगा ५, पिपलनेता रुकुमका नबिन बिश्वकर्मालाई शाह थर राखि नागरिकता दिन जिल्ला प्रशासनलाई सिफारिस गरेको हो ।
बिश्वकर्माको नागरिकता प्रमाणपत्रमा थर शाह लेख्न पाउनको लागि आयोगमा निबेदन दिएको र सो सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयबाट २०६३/४/२१ च.नं ५३ को जानकारी पत्र मार्फत निर्णय उतार गरि पठाईएको सिफारिसमा उल्लेख गरेको छ । आयोगका शाखा अधिकृत हिरा ओलीको हस्ताक्षर रहेको सिफारिस पत्रमा जातका आधारमा कोहि कसैलाई पनि हिनताबोध हुने भएमा थर परिवर्तन गर्न सकिने उल्लेख गरिएको छ । ‘कोहि कसैलाई पनि हिनताबोध नहुने गरि नागरिकता सच्चाउने तथा बाबुको थर भन्दा फरक थरका आधारमा नागरिकता लिन पाउने निर्णय गरेकोले सोहि बमोजिम तहाँ कार्यालयबाट आवश्यक सहयोग गरिदिनहुन आदेशानुसार अनुरोध छ’ पत्रमा उल्लेख गरिएको छ । पत्रका साथ गृह मन्त्रालयको पत्रको प्रतिलिपि समेत पठाएको छ । आयोगले एउटा पत्र काटेर बिश्वकर्माको ठाउँमा शाह थर राखि नागरिकता दिन जिल्ला प्रशासनलाई आदेशानुसार सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालय रुकुमले भने उनलाई उक्त थर राखेर नागरिकता दिएन । उक्त सिफारिसका साथ थर सच्चाउन जिल्ला प्रशासन कार्यालय रुकुममा गएका बिश्वकर्मालाई जहाँबाट सिफारिस भएपनि थर सच्याएर नागरिकता दिन नमिल्ने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताएपछि उनी रित्तोहात फर्किए । आयोगको सिफारिस अनुसार थर राख्न नपाएपछि उनले सिफारिस देखाउदै आफु मर्कामा परेको बताए । ‘हेर्नुहास नेपालको कानुन अनुसार नै सम्मानित दलित आयोगले गृह मन्त्रालयको परिपत्र अनुसार थर परिवर्तन गर्न सिफारिस गरेको छ, बिश्वकर्माले भने, ‘यो सिफारिस रुकुमका प्रमुख जिल्ला अधिकारीबाट राम्रो संग नहेरेरै नै अहँ, हुदैनहुदैन भनियो ।’ यदि कानुन अनुसार थर परिवर्तन गर्न पाईदैन भने किन दलित आयोग जस्तो निकायले प्रशासनलाई यस्तो सिफारिस ग¥यो आफु अन्योलमा रहेको बताउदै दलित आयोगको पत्र सहि कि प्रशासनको भनाई सहि आफु अन्योलमा परेको बताए ।
यस बिषयमा रुकुमका प्रमुख जिल्ला अधिकारी सिलवाललाई बुझ्दा आयोगको सिफारिस कानुनअनुसार नभएको बताउदै त्यस्तो सिफारिस गर्न आयोगलाई नसुहाउने बताए । ‘असोभनीय थर चोर, ढाँट, ठग लगायतका थर भएको खण्डमा थर सच्चाउन चाहेमा सच्याउन सकिने भएपनि अन्यको हकमा भने जे सिफारिस भएपनि हुनै सक्दैन’ उनले भने, ‘कानुन बिपरित आएको सिफारिसलाई मैले पनि हुदैन भनेर पठाएको हो ।’ राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीलाई यस बिषयमा बुझ्न खोज्दा उनले आयोगको सिफारिस केहि कमीकमजोरी भएको संकेत गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार केहि सिमित थरहरु मात्र परिबर्तन गर्न सक्ने भएपनि अन्य जातहरुको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा थर परिवर्तन गर्न नसकिने जिल्ला प्रशासनले बताएपछि काम हुन नसकेको प्रतिक्रिया दिए ।
0 comments:
Post a Comment