आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, January 24, 2016

सहिदहरुप्रति श्रद्धाञ्जलीको एक स्मरणीय झलक

हस्तबहादुर  के.सी.
सन् २०१५ जुलाई ८ (२०७२ असार २३) गते बुधबारका दिन विहान हाम्रो टोली सेयमो गाउँमा  पुगेको थियो । यो सोयमो गाउँ चिनको सिंचुयन प्रान्तको आप्पा जिल्लामा पर्दछ । यो सोयमो गाउँ विश्व जनसमुदायका बीच परिचित छ । परिचित यस अर्थमा छ कि यस गाउँमा सन् २००८ मे ५ का दिन एउटा शक्तिशाली भूकम्प उत्पन्न भएको  थियो र करिब ७० हजार त्यस क्षेत्रका जनताको मुत्यु भएको थियो भने खरबौको भौतिक संरचना र अत्यन्त धनजनको क्षति भएको  थियो । ७.१२ रेक्टर स्केलमा आएको उक्त शक्तिशाली भूकम्पले करीब ३ मिनेटसम्म कम्पन्न भइरहेको त्यस भूकम्पले पृथ्वीको ठूलो भाग हल्लाइदिएको थियो । लामो समयसम्म आएको भूकम्पले चिनमा ठूलो धनजनको क्षति गरेको थियो ।
त्यस सोयमो गाउँमा त्यस शक्तिशाली भूकम्पको उत्पत्ति भएको थियो भने त्यसको नजिकै रहेको इङ्सो गाउँमा सबैभन्दा ठूलो मानवीय तथा अन्य क्षति पु¥याएको थियो ।  त्यस शक्तिशाली भूकम्प उत्पन्न भएको (जसलाई भूकम्पको केन्द्रभाग मानिएको छ) इङ्सो गाउँमा सबै कलेजहरु र विद्यालयहरुलाई भग्नाविशेषमा परिणत गरिदिएको थियो । जहाँ स्कूल र कलेजहरु समेत रहेका उक्त इङ्सो गाउँमा ६ हजार मानिसहरुको भूकम्पद्वारा ज्यान गएको  थियो र ठूलो भौतिक संरचनाहरुको क्षति भएको थियो ।  त्यही स्थानमा चीनीया मित्रहरुले २०१५ जुलाई ८ का दिन विहान ठिक ९.३० बजे हामीलाई पु¥याएका थिए । 
भूकम्प उत्पन्न भएको र सवैभन्दा बढि क्षति पुगेको त्यस इङ्सो गाउँका सबै भौतिक संरचनाहरु जो शक्तिशाली भूकम्पले ध्वस्त पारेर पुरै भग्नाविशेषका रुपमा परिणत गराइदिएको छ, ती भग्नाविशेषहरुलाई अहिलेसम्म जस्ताको तस्तै राखिएको छ र चीनीया सरकारले त्यहाँको जनतालाई अन्यत्रै सारेर पुर्नवासको व्यवस्था गरिदिएको छ भने त्यसलाई म्यूजियम बनाएर चारैरतिर बाउन्डरी गरेर पर्यटक उद्योगको रुपमा विकास गरिदिएको छ । दिनमा हजारौको संख्यामा चीनीया पर्यटकहरु अवलोकन गर्न पुग्दछन र त्यसबाट प्राप्त भएको रकम सबै पुर्ननिर्माणको कार्यमा र पुर्नवास गरिएका भूकम्प पीडितहरुको जीवनयापनको लागि प्रयोग गरिएको छ ।
चीनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा र तत्कालीन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी – माओवादीको नेतृत्वमा पाँच सदस्यीय एक चीनीया अध्ययन भ्रमण टोली त्यस दिन उक्त स्थानमा पुगेको  थियो । हाम्रो पार्टीबाट मेरो नेतृत्वमा केन्द्रीय सदस्यहरु द्वय देबेन्द्र श्रेष्ठ (दीवाकर), कुमारी मुक्तान र कास्की जिल्ला समितिका सचिव अर्जुन चन्तेन र भोजपुरकी दुर्गा राई हुनुहुन्थ्यो । साथै नेकपा (माले) नेमकिपा र नेपाली कांग्रेसका पाँच÷पाँच जना गरि २० जनाको हाम्रो टोली त्याहा पुगेको थियो ।
हाम्रो टोलीले २०१५ जुलाई ७ (२०७२ असार २२) देखि २०१५ जुलाई १७ (२०७२ साउन १) गतेसम्म जम्मा ११ दिन चिनको विविध क्षेत्रको अध्ययन भ्रमणका लागि ७ जुलाईका दिन चाईना एयरलाईन्सको ४०८ उडानद्वारा तीब्बतको ल्हासा हुदै साँझ चिनको सिंचुआन प्रान्तको राजधानी Chengdu पुगेको थियो । त्यसपछि हामीलाई  Chengdu  स्थित  Jing Jiang Hotel  बसालिएको थियो । भोलीपल्ट विहान अर्थात् ८ जुलाईका दिन स्थानीय समयानुसार विहान ठिक ८.३० बजे Wenchaun reconstruction site  को जो माथि उल्लेखित भएको उत्पन्न भएको र त्यसको पुननिर्माण गरिएको स्थानतिर प्रस्थान गराइयो । ठिक ९.३० बजे गाडीको यात्राद्वारा हामीहरु  त्यहाँ पुगेका थियौ । चीनीया कम्युनिष्ट पार्टी, अन्र्तराष्ट्रिय विभागका उप निर्देशक कमरेड Shao Liangर चीनीया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागकी कर्मचारी कमरेड Zhengn youya जो दुवैजना नेपाली भाषी हुनुहुन्छ, ले हामीलाई गाइड गर्नुभएको थियो । साथमा Zhengn youya   का स्थानिय पार्टी कमिटिका मित्रहरु पनि हुनुहुन्थ्यो । 
पहिलो नम्बरमा हाम्रो टोलीलाई शक्तिशाली भूकम्प उत्पन्न भएको उक्त सोयमो गाउँको इङ्सो भन्ने स्थानमा पु¥याइयो र भूकम्पले भग्नाविशेषमा परिणत गराइएका जनताका घरहरु र कलेज–स्कुलका भवनहरु भएको स्थानको अवलोकन गराइयो । जुन स्थानमा भग्नाविशेषलाई जस्ताको तस्तै राखेर त्यहाका भूकम्प पीडित जनतालाई अनेत्रै सारेर पुर्नवासको व्यवस्था गरिएको छ र त्यस स्थानलाई एक ऐतिहासिक संग्राहालयको निर्माण गरेर एक पर्यटकीय उद्योग रुपमा विकास गरिएको ठाउँमा पु¥याइयो र सबै अवलोकन गर्ने क्रममा उक्त भूकम्प उत्पन्न भएको इङ्सो गाउँको एक स्थानमा  विशाल म्यूजियम निर्माण गरेर भूकम्प उत्पन्न भएको स्थानमा आगोको ज्वाला विष्फोट भएको देखाइएको छ, त्यसको अवलोकन ग¥यौ र  त्यस आपत विपतका क्रममा जनताको उद्वारमा  खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, गतिविधिहरुको अवलोकन गराइयो र भूकम्प प्रतिरोधात्मक भवन संरचना कसरी गराउने भन्ने कुराको सचित्र वर्णन गरिएका उपकरणहरुको अवलोकन गराइयो । भूकम्प उत्पन्न भएको निश्चित स्थान जहा आगोको ज्वाला जस्तो बलेको देखिने विजुलीद्वारा तयार पारिएको छ, त्यसको पनि नजिकै  गएर हेर्ने काम गरियो र अवलोकन गर्ने कार्य गरि सकेपश्चात जुन शक्तिशाली भूकम्पले क्षतिग्रस्त पारेर भग्नाविशेषमा परिणत हुन पुगेको कलेजको प्राङ्गणमा भूकपद्वारा मारिएका शहीदको स्मारक सहित विशाल र एक ऐतिहासिक स्थलको निर्माण गरिएको छ, जसको माथिको वित्तामा लाल झण्डा फहराइएको छ र समयसूचक घडी सहित उक्त भूकम्प उत्पन्न भएको २००८–५–१२ लेखिएको स्तम्भ खडा गरिएको छ, त्यसको अगाडी पुगेर हामीलाई गाइड गरिरहनु भएका चीनीया कमरेडहरु सहित हामी सबैले हातमा फूलका गुच्छाहरु बोकेर त्यस शक्तिशाली भूकम्पद्वारा मारिएका चीनीया शहीदहरु प्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली टुक्र्याउँदै सामुहिक फोटोहरु खिचेर त्यस ऐतिहासिक स्थानबाट बाहिरियौँ ।
त्यसअघि उक्त भूकम्पबाट विस्थापित हुन पुगेका जनतालाई पुन निर्माण गरेर बसोबास गरिएको Wenchaun reconstruction site  को अवलोकन भ्रमण गराइयो । त्यस स्थानमा भूकम्प उत्पन्न भएको दुईमहिना भित्र चीनीया कम्युनिष्ट पार्टीको सेल कमिटीले सम्पूर्ण पुननिर्माणको नक्सा डिजाइन गरि पठाएको रहेछ र चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले निर्णय गरेर चीनीया सरकारलाई निर्देसित गरेपछि दुई वर्ष भित्र चीनीया सरकारले ४० लाख घरहरु (वीचमा सिचाई नहर छ) दुवैपट्टी २०÷२० लाख २ तले घरहरु निर्माण गरेर जनतालाई  निशुल्क वितरण गरेको छ । त्यसमा अमेरिकी सरकारले ४५ करोड ऋण स्वरुप US Dollar  उपलब्ध गराएको रहेछ । त्यो ऋण सरकारले चुक्ता गरिसकेको जानकारी हामीलाई गराइएको थियो । त्यहा स्वास्थ्य, शिक्षा, खाने पानी,  विजुली, ढल निकास सम्पूर्ण सरकारले निशुल्क रुपमा उपलब्ध गराइरहेको छ । अन्य आयश्रोतको निम्ति बजार व्यवसायको व्यवस्था मिलाई दिएको रहेछ ।
चीनमा पनि त्यति ठूलो विनास गर्ने गरि भूकम्प गएको र नेपालमा पनि २०७२ बैशाख १२ र २९ गते गरि ठूलो शक्तिशाली भूकम्प गई करीब ९ हजार मानिसको ज्यान समेत लिएको र १४ वटा जिल्लामा ठूलो जनधनको क्षति हुन पुगी, जनताका घरहरु, स्कुल–कलेजहरु करीब ९० प्रतिशत भग्नाविशेषमा परिणत हुन पुगेपछि ती भूकम्पपीडित जनता खुला आकासमुनी बस्न बाध्य भइरहेको अवस्था र स्वदेश तथा चीन भारत लगायतका मित्र राष्ट्रहरुले समेत उद्धारमा ठूलो सहयोग गरेर पाल र टेन्टहरु उपलब्ध गराएपछि अस्थायी क्याम्प खडा गरी दुःखपूर्ण जीवन विताइरहेको परिपेक्ष्यमा चीनीया कम्युनिष्ट पार्टीले हामीलाई निम्तो दिइ चीनीया भूकम्प पीडितहरु र नेपाली भूकम्प पीडितहरुको बीचमा सुख, दुःखको साटासाट गर्ने, पुननिर्माणको बारेमा एक अर्काेले शिक्षा ग्रहण गर्ने र त्यसबाट प्राप्त प्रेरणाहरुको सेयर गर्ने र एक अर्काबीच अनुभवहरु आदान–प्रदान गर्ने उद्देश्यले हामीलाई त्यस क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो । यस अवलोकन भ्रमणबाट हामीले एक अविस्मरणीय उपलव्धी हासिल गरेका छौ ।
चीनको सिंचुआन प्रान्तमा सन् २००८ मे १२ का दिन गराएको शक्तिशाली भूकम्प र त्यसले पु¥याएको क्षति तथा त्यसपछि चीनीया सरकार र चीनीया कम्युनिष्ट पार्टीले गरेको जनताको उद्धार र पुर्ननिर्माणबाट के कुरा सिकियो भने जनतालाई आपत विपत परेको बेला सहयोग गर्नका निम्ति जनताको आफ्नै सरकार हुनुपर्ने रहेछ । चीनमा जनताको आफ्नै सरकार भएको हुनाले निष्पक्ष ढंगले तत्कालै उद्धार भएको रहेछ र पुननिर्माण  पनि समयमै भएको रहेछ । तर नेपालमा त न भूकम्पपीडित जनताले चाहे जस्तो गरि उद्धार सहयोग नै पाए, नत पुननिर्माणको कामको थालनी नै भएको छ । विदेशी मित्रहरुले पठाइ दिएको उद्धार सामाग्रीहरु, खाद्यान्न र पालहरुमा समेत सरकार पक्षबाट ठूलो भ्रष्टाचार भयो ।
भूकम्प पीडितका नाममा प्रधानमन्त्री कोषमा देशविदेशबाट जम्मा हुन पुगेको खरबौ रकम भूकम्पपीडित जनतामा नपु¥याएर सत्तारुढ दलहरु र सरकारले ब्रह्मलुट घरबारविहिन हुन पुगेर अस्थायी  शिविरहरुमा कष्टपूर्ण जीवन जिउन वाध्य भएका लाखौ भूकम्प पीडित नेपाली जनताले २०७२ सालको सम्पूर्ण वर्षा पानी, झरी, वतासका सामना गर्दै बाच्न बाध्य भए भने यही २०७२ सालको हिउँदको सम्पूर्ण घाम पानी, हिउ पानी, चिसोसँग पौठेजोरी खेल्दै जीवनकै सबैभन्दा कष्टकर जीवन जिउन वाध्य भइरहेका छन् । ती अस्थायी शिविरहरुमा भूकम्पपीडितहरु चिसोले कठांग्रीरहेका छन् र ठूलो संख्यामा विरामी परिरहेका छन् । तिनीहरुको पुर्नवासको  निम्ति पुर्ननिर्माण गर्ने सरकारको कुनै योजना छैन । दलीय झगडा मै समालिएका छन, सत्तारुढ तथा प्रतिपक्ष संसदवादी दलहरु ।
यसबाट हामीले के शिक्षा ग्रहण गर्न जरुरी छ भने भूकम्प  पीडितहरुको पुर्नउद्धार,  पुर्नवास र पुर्ननिर्माण को निम्ति नेपाली जनताको आफ्नै सरकार आवश्यक छ । जनताले आफ्नै सरकार निर्माण गर्न आवश्यक छ  । यो दलाल तथा नोकरशाही तथा नोकरशाही पुजिपति र समान्त वर्गको सरकारले जनताको सेवा गर्न सक्तैन । यो कुरा हामीले प्रत्यक्ष रुपमा चीनबाट पनि सिकेका छौ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |