आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 14, 2016

आउनेलाई स्वागत, जानेलाई बाईबाई

आहा सञ्चार संबाददाता
रुकुम 
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख डिएसपी गोबिन्द थपलियाको सरुवा भएको छ । करिब एक बर्ष देखि रुकुममा कार्यरत थपलियाको काठमाण्डौ स्थित प्रहरी अस्पतालमा सरुवा भएको हो । प्रहरी प्रधान कार्यलयले थपलियाको सरुवा गरेपछि जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायहरुले कार्यक्रमको आयोजना गरि बिदाई समेत गरेका छन । केहि दिन अघि स्थानीय शान्ति समिति रुकुमले पनि कार्यालयमा एक कार्यक्रमको आयोजना गरि डिएसपी थपलियाको बिदाई गरेको छ । 
रुकुमको शान्ति सुरक्षा कायम गर्न थपलियाले अहिलेसम्मकै  राम्रो कार्य गरेको भन्दै नयाँ प्रहरी प्रमुखले पनि त्यसको अनुसरण गर्नुपर्ने समितिका अध्यक्ष खड्ग डाँगीले बताए । सबैको सहयोग र सहकार्यका कारण आफ्नो कार्यकालमा राम्रो प्रभाब परेको भन्दै डिएसपी थपलियाले सबैलाई धन्यबाद दिदै समयले साथ दिएमा     फेरी रुकुममा आई सेवा गर्ने समेत बताए । यसैबिच नयाँ प्रहरी प्रमुख डिएसपी रुपेश खड्का सरुवा भएर रुकुममा आएका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |