आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, January 17, 2016

सुजाता रुकुम आएपछिका रोचक पाँच कुरा

मेगराज खड्का
रुकुम
केहि दिन अघि नेपाली काग्रेसकी नेतृ तथा पुर्ब उपप्रधानमन्त्री सुजाता कोईराला रुकुम आईन । पार्टीको केन्द्र देखि जिल्ला सम्म हुन गईरहेको चुनाबको माहोल तथा आन्तरिक भेटघाटका लागि रुकुम आएकी सुजाताले पत्रकार सम्मेलन देखि आमसभा सम्म गरेका भाषण उनकै कार्यकर्ता देखि अरुलाई समेत ब्यङग्यात्मक रमाईलो लाग्यो । 
त्यस संग जोडिएका केहि केहि मुख्य बिषयबस्तु यहाँ बुदागत रुपमा उल्लेख गरिएको छ । 

१,पत्रकारलाई नजिक बोलाएपछि.... सुजाता रुकुम आए पश्चात बिहानै  सदरमुकाम स्थित एक होटलमा उनकै प्रमुख आतिथ्यतामा नेपाल प्रेस युनियन रुकुमले पत्रकार सम्मेलनको आयोजना ग¥यो । तोकिएको समय भन्दा केहि ढिला कार्यक्रम हलमा उनी आईन । पत्रकारहरु होटलले ब्यबस्थापन गरेको अनुसार कुर्सिमा आआफ्नो ठाउँमा बसिसकेका थिए । उनी हलमा आएर आफ्नो कुर्सिमा बसिन अनी पत्रकारतिर हेर्दै ओहो, तपाईहरु किन त्यति टाढाटाढा बस्नुभएको, लल मेरो नजिकै आउनुहोस भनेर भनिन । यति भनेपछि सुजाताले रुकुम आएर केहि राष्ट्रिय समाचारै बन्ने खालको पो कुरा भन्छिन की भनेर पत्रकारहरु उनको नजिकै गई उनीतिर क्यामरा तेस्राए तर उनले यसअघि अन्य ठाउँमा भन्दै आएका बाहेक नयाँ कुरा केहि भनिनन् ।

२, आफु मात्र महिला सभापति रे
पत्रकार सम्मेलनमा उनले यसअघि नै भन्दै आएको आफु आगामि महाधिबेशनमा काग्रेसको सभापति उम्मेदवार हुने कुरा दोह¥याईन । हाल सम्म पार्टिमा गरेको योगदानको चर्चा गर्दै आफुमा सभापति हुने योग्यता पुगिसकेको बताईन । देश अहिले महिला राष्ट्रपति, महिला सभामुख भएको बिषयले ठुलै महत्व पाएको छ । आम नेपाली महिलाहरुको उत्थानका लागि महिलालाई नेतृत्व तहमा स्थान दिनुपर्छ भन्ने भाषण देखि ब्यवहारत पनि देखिन्छ । आफु केन्द्रमा महिला सभापति हुन्छु र सहयोग गर्नुहोस भनिरहदा रुकुममा पनि महिला सभापति बनाउनुपर्छ र महिला सभापति बनाउन सहयोग गर्नुहोस भनेर एउटा शब्द समेत निकालिनन् । पत्रकार सम्मेलन सकिएर कार्यकर्ता तथा पत्रकारहरु    बाहिरिदा रुकुम काग्रेसकै महिला नेतृहरुले केन्द्रमा आफु मात्रै हुने रे, जिल्लामा त महिला सभापति बनाउने कुरै समेत    गरिनन् त भनेर कुरा काटिरहेका थिए ।

 ३, प्यानल मात्र हो गुट छैन
पत्रकाहरुले नेपाली काग्रेसको संस्थापन र देउवा पक्षमा देखिरहेको गुट कहिले सम्म जारी रहन्छ भन्ने प्रश्नमा सुजाताले रामै तर्क गरकी थिईन हाम्रो पार्टीमा कुनै गुटको समस्या छैन भनेर । उनले लोकतान्त्रिक पार्टीको चुनाबमा मतदानका लागि प्यानल बाहेक अरु कुनै पक्ष वा गुट नभएको बताउदै प्रश्नमा भनेजस्तो बिबाद नरहेको बताईन । तर पत्रकार सम्मेलनकै तस्बिरमा उनको त्यो तर्क  बेतुक बनीरहेको थियो । संस्थापन र देउवा पक्षमा गुट र बिबाद छताछुल्ल थियो । कार्यक्रममा संस्थापन पक्षमा नेता कार्यकर्ता हसिलोतसिलो भएर कार्यक्रममा सहभागि भएपनि जिल्लामा देउवा पक्षका मानिने नेता कृष्ण रोकाय कार्यक्रममा देखिएका थिएनन् । 

४, रुकुम टुक्रा पार्ने जनार्दन होईनन्
संघियता सहित नयाँ संबिधान जारी भएपछि रुकुम दुई भागमा बिभाजित भयो । यस क्रममा रुकुममा ठुलै आन्दोलन भयो । नेपाली काग्रेस अहिले देशको सबैभन्दा ठुलो दलको रुपमा छ, सुशिल सरकारकै पालामा संबिधान जारी भयो । तर काग्रेस रुकुमका सभापति सहित     धेरै जनाले रुकुम टुक्रा पारेको बिरोधमा केन्द्रिय कार्यालयमा राजीनामा समेत दिए तर त्यो राजीनामाको पनि केहि अर्थ लागेन र अहिले सम्म पनि त्यो अन्योलमा नै छ । रुकुम टुक्रा पार्ने एमाओबादी नेता जनार्दन शर्मा नै हुन भनी प्रचारबाजी पनि आन्दोलनका क्रममा गरियो । सुजाता रुकुम आएको बेला पनि रुकुम टुक्रिएको मलाई दुख लागिरहेको छ भनेर भाषण गर्न त उनले नी भ्याईन । लोकप्रियताका लागि भाषण त राम्रो नै भयो, त्यहि बेला देशकै ठुलो पार्टीले रुकुमका एउटा नेता जनार्दन जति नसकेको हो की तपाईहरु भन्दा जनार्दनले बढी सकेका भनेर पत्रकारले प्रश्न गर्दा सुजाता केहि समय अलमलमा परिन । केहि समय पछि जनार्दनसनार्दन को हुन म चिन्दैन भनेर उत्तर टारिन । तर उनले एउटा के कुरा भनिन भने रुकुम जनार्दनले नभई संबिधानसभाले टुक्राएको स्पष्ट पारिन । जनताले आन्दोलन गरेर पनि केहि हुनेवाला छैन, रुकुम कुनै ब्यक्तिले नभई संबिधानसभाले टुक्राएको हो र आगामी हल पनि सहमतिबाटै हुन्छ सम्म भनिन । त्यहि भनिरहँदा रुकुम जनार्दनले नै टुक्राएको हो, भनी बिरोध तथा आन्दोलनमा सहभागि भएका जिल्ला स्थित काग्रेस नेताहरुमा अनुहारमा   अध्यारो छायो । बिचबिचमा अन्य कार्यकर्ताहरुले उनको भाषणलाई लाईनमा लाउन खोजे तर उनले मानिनन् ।  

५, आफू र आफ्नो मात्र बखान
काग्रेस चुनाबको माहोलका कारण केन्द्रीय नेतृ रुकुम आउदा जिल्ला स्थित सभापतिका दाबेदारहरु चिटिक्क परि सजिएर आआफ्नो पक्षमा उनलाई बयान गरिरहेका थिए । आआफ्नो पोल्टामा चुनाब पार्न एउटा महिला नेतृको पछिपछि आम रुकुमेली काग्रेस लागिरहेको थियो । आन्तरिक रुपमा के कति कार्यकर्ताको भावना बुझिन र रुकुम काग्रेस चुनाबमा सबै पक्षलाई समेटेर लिने योजना के बनाईन त्यो त बाहिर आएन तर बाहिर आएका उनका भनाईहरु भने सबै ब्यक्तिबादी मात्र थिए । 
पत्रकार सम्मेलन देखि आमसभा सम्ममा उनले आफू, बिपि र गरिजाबाबुको मात्र बयान गर्नमा अधिकांस समय खर्चिन । अरुलाई त भाषण सुन्नमा बोर लाग्यो भने उनकै कार्यकर्ता हरुलाई पनि उनको भाषण देखि हुक्क भए । एक कार्यकता त भन्दै थिए प्रतिष्ठित राजनेता बिपि र  गिरिजाको बारेमा रुकुमेलीले मात्र होईन की बिश्व समुदायले चिन्छ । बिपि र गिरिजालाई सुजाताले चिनाउन समय खर्चनु आबश्यक छैन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |