मेगराज खड्का
रुकुम
संघियता सहितको संबिधान सिमांकन क्रममा पुर्बी रुकुम र पश्चिम रुकुम भनी एउटा जिल्ला दुई प्रदेशमा राखिएपछि रुकुममा ठुलै आन्दोलन भयो । हाम्रो रुकुम, हाम्रो मुटु एउटै हो, सिंगो रुकुमको माया प्राण भन्दा प्यारो छ जस्ता सन्देश दिने धेरै नाराहरु घन्किए ।
करिब एक महिना सम्म रुकुम पनि ठप्पै भयो भने आन्दोलन गर्ने मानिसहरुको जमात पनि ठुलै थियो, जसका कारण स्थिति साम्य पार्न स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुप¥यो । मुटु भन्दा प्यारो रुकुम आफ्नो स्वार्थका लागि दुई टुक्रा पारेको भन्दै एमाओबादीका नेता तथा सभासद् जनार्दन शर्माको पनि जिल्लामा ठुलै गाली भयो । तर त्यसक्रममा जिल्लाका केहि नेता तथा जनताहरु भने रुकुम टुक्रिएर राम्रो भएको भन्दै खुसियाली पनि मनाईरहेका थिए, त्यसमा चौरजहारी क्षेत्रको अली बढी सहभागिता थियो ।
जिल्लामा जनताहरु रुकुम टुक्रिएकोमा कोहि खुसियाली त कोहि बिरोधमा उत्रिएका बेला जिल्लाबाट प्रतिनिधीत्व गर्ने ४ जना सभासद् पनि दुई भागमा नै थिए । जनार्दन शर्मा एक ठाउँमा थिए भने गणेशमान पुन, दलजित सिर्पाली, मिठ्ठु मल्ल एक ठाउँमा । जनार्दन शर्मा बाहेक अरु तिन जना सभासद्हरुले रुकुममा चलिरहेको आन्दोलनमा सहभागी त भएनन तर काठमाण्डौबाटै प्रेस बिज्ञप्ती निकालेर आन्दोलनमा साथ दिईरहेका थिए । त्यसको केहि समय पछि रुकुम टुक्रिएको बिरोधमा कांग्रेस रुकुमका सभापति मानबहादुर नेपाली सहित धेरै काग्रेस नेता कार्यकर्ताहरुले पनि केन्दीय कार्यालयमा राजीनामा बुझाए । त्यो राजीनामा फिर्ता भयो वा स्वीकृत भयो अझै सम्म पनि अन्यौल नै छ । जिल्लामा त धेरै प्रकारका आन्दोलन भए तर अन्त्यमा रुकुम दुई टुक्रा नै भएर छोड्यो नयाँ संबिधान मार्फत । सिंगो रुकुम बनाउन कसैको तागत पुगेन तर रुकुमको मात्र होईन अन्य ठाउँमा पनि रहेका सिमांकान बिबाद पछि आयोगले हेरफेर गर्ने भन्ने शब्द उल्लेख गरेर आन्दोलनकारीहरुको थोरै भएपनि चित्त बुझाउने काम मात्र भयो । यो त पहिलेको कुरा, आजसम्म आईपुग्दा धेरै उथुलपुथुल भैसकेको छ । तराई आन्दोलनका कारण देश ठप्प छ, पहिले रुकुम टुक्रिएकोमा दुख मान्नेहरु पनि आज ठिकै छ भनेर भाषण गर्न थाले अनी रुकुम टुक्रिएकोमा आन्दोलन गर्नेहरु पनि सबै थाकीसके । केहि साता अघि रुकुमको बराह टाकुरामा जनताको संबिधान जनताको हातमा प्रचार अभियान संचालन भयोे । आपुर्ति मन्त्री गणेशमान पुन, सभासद् दलजित सिर्पाली र मिठ्ठु मल्ल सहित जिल्ला स्थित सरकारी अधिकारी, नेताकार्यकर्ता सहित सर्बसाधरणहरुको पनि सहभागिता रहेको थियो ।
यदि तपाई पनि उक्त कार्यक्रममा जानु भएको भए पक्कै सुन्नुभयो होला, यस अघि रुकुम टुक्रिएकोमा बिरोध तथा असन्तोष ब्यक्त गर्ने गणेशमान पुन मन्त्री भएपछिको अभिब्यक्ति धेरै परिवर्तन भैसकेको थियो । रुकुम टुक्रा परेको सन्दर्भमा उनी भन्दै थिए संघियतामा अखण्ड भन्ने हुदैन, रुकुम टुक्रियो भनेर चिन्ता नगर्नुहोस, रुकुम टुक्रिएपनि कहि गएको छैन, हामै्र नेपालमा छ । संघियता सहितको नयाँ संबिधानले रुकुमलाई दुई टुक्रा पारेपछि त्यसबेला बिरोध गरिहेका भाषण र मन्त्री बनेपछिको पुनको भनाई आकासपातलको फरक थियो । मन्त्री बनेर संबिधान कार्यन्वयन गराउन गाउँगाउँमा आएपछि त्यस बाहेक अरु भन्ने बिकल्प पनि थिएन होला । उनले भाषण गरिरहदा संबिधानको अन्तरबस्तुबारे बुझ्न उक्त कार्यक्रममा पुगेका अन्य नेता कार्यकर्ता तथा जनताहरु संबिधान त यस्तै हो, गणेशमान मन्त्री बनेपछि चाँहि फेरीएछन,
सरकारको कुर्सिमा पुगेपछि त पहिले जे भनेको भएपनि पछि नुनको सोझो त गर्नै प¥यो नी भन्दै थिए । पछिल्लो समय गणेशमान पुन तथा उनी निकट पुर्बी रुकुमका माओबादी नेताहरु रुकुम टुक्रिएकोमा बिरोध नगर्ने पक्षमा उभिएको पाईएको छ । तर पुर्बी रुकुममा कुनै सिमित गाविस मात्र नभएर सिंगो क्षेत्र नं. १ लाई नै पुर्बी रुकुमको दाबी गर्ने पक्षमा छन । पार्टीले नै अंगालेको संघियतामा अखण्ड भन्ने कुरा नहुने कुरामा सहमत हुदै रुकुमको क्षेत्र नं. १ लाई पुर्बि रुकुम र क्षेत्र नं. २ लाई पश्चिम रुकुमको रुपमा सिंमाङकन गर्नेपर्ने धारणा सहित छलफल अगाडि बढाईएको बताईएको छ ।
0 comments:
Post a Comment