पछिल्लो समयमा राष्ट्रपति बिद्यादेबि भण्डारीको भगवान मान्ने क्रियाकलापको निकै चर्चा छ । त्यो चर्चा सिमित छ त केवल आलोचनमा मात्र । एउटा क्रान्तिकारी राजनीतिमा लामो समय राजनीति गरीसकेकी राष्ट्रपति भण्डारीले पुर्ब राजाहरुले गर्दै आएका हिन्दुबादको निरन्तरता त होईन भनेर गम्भिर बहसको बिषय समेत बनिरहेका छ । भण्डारी देशको राष्ट्रपति मात्र नभएर एउटी आमा पनि हुन । आमाले भगवानको मात्र होईन संकटमा परेको बेला देश अनी आफ्ना सन्तानहरुको रक्षा गर्नुपर्छ । अर्को कुरा अहिले जे जस्तो अवस्थामा भएपनि उनको रगतमा क्रान्तिकारी पन पनि बगेको हुनुपर्छ । उनका धेरै सन्तानहरु भूकम्पमा परी घरबारबिहिन भएर यो जाडोको समयमा दर्जन बढीको ज्यान समेत गईसक्यो । तर उनी कहिले जानकी मन्दिरमा गएर पुजा गर्छिन त केहिले पशुपतिनाथमा गएर भगबानलाई तलबदान गर्छिन । तर उनीले बैशाख १२ मा आएको महाभूकम्पमा परेर मृत्यु भएका, घाईते अपांग भएका र घरबार बिहीन भै यो चिसो समयमा अकालमा ज्यान फालिरहेका आफ्ना सन्तानहरुलाई भेट्ने र सानो भएपनि राष्ट्रपतिको हैसियतबाट सक्दो सहयोग गर्नु पर्ने हो । पशुपतिमा दिने त्यो रकम जाडोले मर्न लागेका भूकम्प पिडितलाई दिएको भए उनका क्रान्तिकारी भगवान रिसाउदैन्थ्य होला । एउटा क्रान्तिकारी सोच र दृष्टिकोण राख्ने मानिसले ढुङगाको मुर्तिलाई होईन समस्यामा परेका मानबलाई सहयोग गरेर पुन्य कमाउछ । तर उनको कार्यकालमा त्यस्तो देखिने उदाहरण भएन । आवश्यकता, मानबियता, समय परिस्थिति, सैदान्तिक राजनीति र व्यवहारिक अभ्यासमा कत्रोकत्रो खाडल नेपाली राजनीतिमा हुन्छ भन्ने कुरा यहि उदाहरण काफी छन । त्यसै तिन दशक माओबादको राजनीति गरेका र देशको प्रधानमन्त्री समेत भैसकेका बाबुराम भट्टराई समाजबादी धारको नयाँ शक्ति अभियानको शुरुवात गरेका रहेनछन । ब्यबहारिकता नभएको क्रान्तिकारीता क्रान्तिकारी खोल भिरेका हाम्रो नेपाली राजनीतिमा छ, त्यसको कुनै औचित्य छैन । पद र कुर्सीमा नपुञ्जेल कडाकडा क्रान्तिकारी भाषण गर्ने तर पगेपछि त्यहि पुरानै ईतिहास दोह¥याउने संकार नेपाली राजनीतिमा कहि छिप्न सकेन । यो नै हामी नेपाली जनताहरुको लागि अन्यायपुर्ण रजानीति हो ।
0 comments:
Post a Comment