मेगराज खड्का
रुकुम १६, माघ
नेपाली काग्रेस रुकुम अन्र्तगत मुसिकोट नगरपालिकाको सभापतिमा महेन्द्र केसी बिजयी भएका छन । केसीले ३ सय ६१ मत प्राप्त गरेर सभापतिका अर्का उम्मेदवार बिरबल केसीलाई पराजित गरेका हुन । पराजित बिरबल केसीले २ सय २८ मत मात्र प्राप्त गरेका हुन । शनिबार सदरमुकाम खलंगाको मुसिकोट महुमुखि क्याम्पसमा नगरपालिकाको मतदान भएको थियो ।
बिजयी केसी देउबा पक्षिय उम्मेदवार हुन भने अर्का कोईराला पक्षिय उम्मेदवार हुन । त्यस्तै सभापति सहितका अन्य पदहरुमा पनि सम्पुर्ण महेन्द्र केसीको प्यानल नै बिजयी भएको मतदान अधिकृत दिनेश खड्काले जानकारी दिए । बिरबल यसअघि खलंगा गाबिस सभापति थिए भने उनले त्यसबेला महेन्द्र केसीलाई पराजीत गरेका थिए ।
त्यस्तै मुसिकोट नगरपालिका अन्र्तगतका वडाहरुमा पनि ४ नम्बर वडा बाहेक अन्य सबै वडाहरुमा देउवा पक्षिय उम्मेदवारहरु बिजयी भएको देउवा पक्षिय नेताहरुले दाबी गरेका छन । जिल्लाको अन्य गाविस तथा नगरपालिकाहरुमा भने केहिमा सर्बसम्मत चयन भैसकेका छन भने केहि बिबादित भएका कारण मतदान प्रक्रिया सञ्चालन भैरहेको छ । जिल्लाका सम्पुर्ण गाविसहरुको मतपरिणाम आउन अझै केहि समय लाग्नेछ ।
0 comments:
Post a Comment