आहा सञ्चार संबाददाता
रुकुमको चौरजहारी अस्पतालमा पाठेघर खस्ने समस्या भएका महिलाहरुका लागी शल्यक्रिया शिविर सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राविधिक सहयोग तथा आयोजनामा शिविर संचालन गरीएको हो । दुर्गम क्षेत्रका गरिव तथा असाहय परिवारका महिलाहरुलाई ध्यानमा राखेर शिविर आयोजना गरीएको अस्पतालले जनाएको छ ।
१ महिना अगाडी देखि रुकुम सल्यान र जाजरकोट जिल्लाका पाठेघर खस्ने समस्या भएका महिलाहरुको छनोट गरी साताअघि देखि निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको हो । शिविरमा २५ जना पाठेघर खस्ने महिलाहरुको छनोट गरीएको अस्पतालका प्रशाशक डिल वहादुर गिरीले जानकारी दिए । महिलाहरुले वच्चा जन्माई सकेपछि पाठेघर कमजोर भएको समयमा गह्रौ भारी बोक्दा, पोषण युक्त खानेकुराको अभाव हुँदा, जन्मअन्तर नराखेर वच्चा जन्माउँदा, आराम नगर्दा र विरामी पर्दा लगाएतका कारण पाठेघर खस्ने समस्या हुनेगरेको डा. कालेव वुढाथोकीले जानकारी दिए । शल्यक्रिया शिविर १ महिना सम्म सञ्चालन हुनेछ ।
0 comments:
Post a Comment