आहा सञ्चार साप्ताहिक पत्रिकाका लागि साहित्यकार तथा कलाकार भद्र नकाल सँग राम वि शाम (साधक) ले गरेको कुराकानी ।
कसरी घचेटी रहनुभएको छ दिनहरु ?
उत्तरः दिनलाई घचेट्न नसक्दाको पलमा पनि दिनले घचट्दै लिँदारैछन तर मान्छे भएपछी दिन घचेट्नै पर्ने रैछ, कहिले गित लेखेर, कहिले देशको दुर्गती देखेर कहिले घचेटीराछु ।
तपाईलाई जन्माईएको हो की जन्मिनुभएको हो ?
उत्तरः यो कुरा धेरैपटक पत्ता लाउन खोजे तर कहिले आफ्नै बेस्तता, कहिले भारतको नाकाबन्दी ठ्याक्कै समय नै मिलेन तर हल्का अनुमान गरेको जन्माएकै होलान किनकी न चाहाना न रहर म नजन्मीदा त खै के थिए कहाँ थिएँ जन्माए छन् था भयो ।
बुवा, आमा, श्रीमती, छोरी र प्रेमिका मध्ये एकजनालाई मात्र रोज्नुपर्दा ?
उत्तरः हाहाहा यो भारतले दिएको पिरमा झन पिर नपार्नु न । सबै माया लाग्दा छन, यीनीहरु त ।
यदि संसारमा कसैले पनि विवाह नगर्ने भए के हुन्थ्यो होला ?
उत्तरः यो पनि अलि खतरा प्रश्न भैगो । यो हुनुभन्दा पहिले सँसारमा भएका प्राणीको आयु चक्र अनिश्चीतकाल हुदैन्थ्यो होला । यौनगर्ने चाहाना हँुदैनथ्यो होला अनि सन्तानको रहर र आबश्यकता लाग्दैन्थ्यो होला । प्राणी यही प्रकृती लिएर जन्मिन्थ्यो अनि सबै प्राणीको एउटै जुनी हुन्थ्यो अहिले माटो ढुङ्गो मात्र हुन्थे ।
हजुरको विचारमा सेक्स के हो जस्तो लाग्छ ?
उत्तरः सेक्स भनेको जीवन जीउन बाँच्ने मानवता माया प्रेमको अनि सद्भाबको अस्तीत्व राख्ने प्रणाली हो जोबाट मानब चक्र बचेको छ ।
मन पर्ने कलाकार मध्ये पाँच जनाको नाम लिनुपर्दा ?
उत्तरः अब सबैभन्दा त मलाई कला आफैलाई मन पर्छ अब अरु ४ जनामा बिराज भट्ट, बिष्णु माझी, हरिबँश आचार्य, र एकनारायण भन्डारी ।
साक्षात भगवान प्रकट भएर ३ चिज माग भनेपछि के के माग्नुहुन्छ ?
उत्तरः मेरो जीन्दगी, सबैको खुशी र सँसारभरीको खुशी ।
मोदीसँग भेटेर कुरा गर्ने समय मिल्यो भने के भन्न मन छ ?
उत्तरः यती ठुलो अवसर त हामी साना मान्छेलाई किन मिल्थ्योर यति दैव भगवानले त्यो दिन जुराए भने हात्ती मुसोसँग लड्न सुहाउँछकी सुहाउँदैन सोध्नेथेँ ।
तपाई बाटोमा हिड्दै गर्दा ३ किलो सुन पाउनु भयो भने के गर्नुहुन्छ ?
उत्तरः हा हा हा हा.... ३ पटक छुन्थेँ, २ पटक रुन्थँे अनि सोच्थे यो कल्पना की वास्तविकता अनि अरु के गर्थँे त्यो बेला था हुन्छ अहिले भन्न गाह्रो भो ।
हजुरले जीन्दगीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
उत्तरः जीन्दगी भोगाईबाट व्यक्त हुन्छ, कहिले आँधीहुरी भोक्नुपर्छ आँधीहुरी जस्तो लाग्छ, कहिले पिरव्यथा भोक्दा पिरब्यथा रहेछ जस्तो, कहिले रमाईलो भोगीन्छ रमाईलो जस्तो, कहिले एक्लोपन भोगिन्छ एक्लोपन जस्तो, खास जीन्दगी कहिल्यै भेटीन्न पलपलमा परिभाषित हुन्छ ।
हजुरलाई राज्यले गृहमन्त्री बनाईदियो भने सर्वप्रथम के गर्नुहुन्थ्यो ?
उत्तरः मेरो शोक पनि हो किनकी गाउँसमाज अनि शहर शान्त र सभ्य राख्ने जिम्मा र हात गृह प्रशासकको हो म ठान्छु यतिबेला शान्त र सभ्य राख्न नितान्त आबश्यक छ र त मेरो रुची पनि यही भएर बढेको होला । साँच्चै म गृहमन्त्री भएँभने प्रथम त मेरो संस्थाभित्र पर्ने कर्मचारीलाई अनुशासन र जनताप्रती उत्तरदायी हुन सिकाउँथ्ये अनि देशभित्र रहेर आतङ्क मच्चाइरहेका झुम्रे, मुन्द्रे ,चोर, ढाँट, अपहरणकारी, बलत्कारी र भ्रष्टचारी यी दानबलाई समयमै out गथ्र्येँ ।
अब हजुरको साहित्य कोशेली के पढ्न पाउँछौँ त हामीले ?
उत्तरः उपन्यास “मेरो जीन्दगी र मेरा रहर” ल्याउँदैछु ।
कति आए र कति दिनु भयो प्रेमपत्रहरु ?
उत्तरः विवाह अगाडी १६ बर्षमै लभ पर्यो तर त्यहीबेला फोनमा जमाना आयो अनि माया फोनमै मौलायो । चिठी, फोन, म्यासेज आउँथे जान्थे । अब १ बर्ष लभ पर्यो त्यो बेला करिब म्यासेज, चिठी गरेर ६ सय जति गए होला, ८ सय जति आय होला । गय एउटैलाई, आय एउटैबाट ।
2 comments:
अाहा! कतिराम्रो टक भयछ , अाहा टक संग । यो टकमा बोलेका टकिङहरुले लक्ष भेटाउन भन्ने कामना गरें ।।
Enter your comment...कुरात राम्रो भएको हो तर।सधै हेर्ने गर्छु आहा कुरा सधै एउटै प्रश्न हुदा पढ्नेलाई अलि खल्लो महसुस पो हुन्छकि मेरो बिचारम
Post a Comment