आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 14, 2016

प्रदेशकै भरपर्दो अस्पताल बनाउनु पर्छ भन्ने दिर्घकालिन योजना छ

भारतको अघोषित नाकावन्दीका कारण हाल देशभर औषधिको अभाव भैरहेको छ । अभाबमा बिचमा पनि बिभिन्न बैकल्पिक उपायहरु अपनाई चौरजहारी अस्पतालका सेवाहरु अन्य समयको जस्तै नियमित छन । बिरामीहरुको बरदान स्वरुप लिईने उक्त अस्पतालमा दैनिक १ सय देखि १ सय ५० जना विरामीहरु आउछन । त्यस्तै अस्पताल सम्म आउन नसक्ने बिरामीहरुलाई ध्यानमा राखि बेलबेला गाउँमै शिबिरको आयोजना गरि सेवा प्रदान भैरहेको छ । चौरजहारी अस्पताल, यसको सेवा, आगामी योजना र चुनौतिका बिषयमा केन्द्रित रहेर आहा सञ्चार साप्ताहिकका लागि सहकर्मी गोपाल रेग्मीले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी संग गरिएको कुराकानी ।

हिजो आज दिन कसरी बिताईरहनु भएको छ ? 
देशको संकटकालिन अवस्था संगै अस्पतालको सेवा लाई निरन्तरता दिन व्यस्त छु । आपुर्तिको असहजता र विरामीको चापले अझै व्यस्त वनाएको छ । 
ओपिडी र आईपिडीमा विरामीहरुको चाप कस्तो छ ?
दिनहु विरामीहरुको चाप वढदो छ । ओपिडीमा   सरदर दैनिक १ सय देखि १ सय ५० जना र आईपिडीमा ५० सैयाको वेड सधैं प्याक हुन्छ । शैया पुगिरहेका अवस्था छैन ।
चौरजहारीमा नै यो अस्पताल कसरी स्थापना हुन गयो ? 
टिम अस्पतालले १९९१ मा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग अस्पताल सञ्चालनको लागी स्वीकृति लिएर सेवा संचालन संगै भौतिक निर्माणको काम सुरुगरेको थियो र अस्पतालको नाम जीवित नदि स्वास्थ्य सेवा राखिएको थियो । जीवित नदिको अर्थ कहिल्यै नसुक्ने नदि झै यस अस्पताल वाट सेवा प्रवाह भैरहोस भन्ने हो । देशको राजनितिक अस्थिरता र संकटकालको कारण टिमको रणनीति वदलियो र काम गर्ने स्वयमसेवकहरु आफनो देश फर्कनु पर्ने अवस्था भयो । त्यतिवेला नेपालका सवै मिसन अस्पतालहरु संकटमा परे सेवालाई टिम झै दर्शन र रणनितिमा संचालन गर्न एचडिसिएसले चौरजहारी लगाएत तानसेन मिसन अस्पताल पाल्पा, ओखलढुंगा अस्पताल र डडेलधुरा अस्पतालको जिम्मा लियो ।  दुरदर्शी सहासि र सेवा को लागी आफनो सम्पुर्ण समय मेहनत लगाएर डा. तिर्थ थापाले जुन आँट गर्नुभयो त्यसको फल स्वरुप अस्पतालहरुले निरन्तरता पाए । यो सवै देन तिर्थ थापाको हो । जो एचडिसिएसको संस्थापक र कार्यकारी निर्देशक हुनुहुन्छ । त्यो समयमा अस्पताल संचालन गर्ने अरु कसैको आँट आएन र २००३ देखि एचडिसिएसले सम्पुर्ण जिम्मेवारी लिएर अस्पतालको विकास गरिरहेको छ । 
एचडिसिएस कस्तो संस्था हो र यसले अरु थप कुनकुन क्षेत्रमा काम गर्छ ?
एचडिसिएसले नेपाल सरकार सहयोगी दातृ   राष्ट्रहरुको सहकार्यमा स्वास्थ्य शिक्षा र समुदायको विकासको क्षेत्रमा काम गरिरहेको छ । स्वास्थ्यको क्षेत्रमा हाल २ वटा अस्पताल रहेका छन ।          चौरजहारी अस्पताल रुकुम र लमजुङ जनस्वास्थ्य कार्यक्रम छन । शिक्षाको क्षेत्रमा अन्तराष्ट्रिय अध्ययन केन्द्र काठमाडौ आशा वाल विकास सेवा अन्तरगत शारीरिक वौद्धिक तथा मानसिक समस्या भएका १६ वर्ष मुनिका वालवालिकाहरुका लागी दिवा विशेष शिक्षा कक्षा र सिविआर सामुदायमा आधारित पुर्नस्थापना सेवा रुकुममा रहेका छन । त्यस्तै सामुदाय विकासको लागी २ वटा एफएम रेडियो स्टेशन ओखलढुंगा र डडेलधुरामा छन । अनी बिभिन्न समयमा राहतका कार्यक्रम पनि सञ्चालन गरिहेको छ । 
यस स्वास्थ्य संस्थाबाट कस्ता कस्ता सेवाहरु प्रदान भैरहेका छन, जसले  चौरजहारी अस्पताललाई विरामीहरुको लागी वरदानकै रुपमा उपचार हुने स्वास्थ्य संस्थाका रुपमा चिनाएको छ ?
सल्यान, रुकुम र जाजरकोट जिल्लाको मध्यविन्दुमा अवस्थित यस अस्पताल विरामीहरुको लागी        बरदान केन्द्र विन्दु नै हो । राम्रो सेवा पाएका    कारण नै सेवाग्राहिरुले अस्पताललाई त्यस रुपमा लिएको हुनुपर्छ । हाल अस्पतालले क्षेत्रिय अस्पताल सरह सेवा दिईरहेको छ । अति आवश्यकीय स्वास्थ्य सेवा संग हाडजोर्नी, स्त्रीरोग, वालरोग, विशेषज्ञ सेवा प्रदान गर्दै आईरहेको छ । भने जनस्वास्थ्य कार्यक्रम समुदाय स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा छन । दाँतको सवै सेवा उपलव्ध छन । प्रभावित तथा दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आईएको छ । अल्टासाउण्ड, डिजिटल एक्सरे ईण्डोष्कोपी, प्रयोगशाला आफनै फार्मेसी सेवा उपलव्ध छन । गरिव र असहाय विरामीहरुको लागी निशुल्क उपचार र नेटवर्क अस्पतालहरुमा रिफरको सुविधा छ । परिवार नियोजन खोप,      क्षयरोग कुष्ठरोग र आमा सुरक्षा कार्यक्रमका सेवाहरु निशुल्क छन ।  
कत्तिको गाह्रो छ अस्पताल सञ्चालन गर्न ?
अस्पताल आफैमा संवेदनशिल र गाह्रो क्षेत्र हो । अस्पताल र स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको विद्यार्थी भएका कारण अस्पताल वारे ज्ञान भएको र सवै सरोकारवालाहरुको रचनात्मक सहयोगका कारण अस्पताल सञ्चालनमा सकारात्मक पाईलाहरु अगाडी वढीरहेका छन । 
कतिपय विरामीहरु संग उपचार खर्च समेत नहुन सक्छ ? त्यस्ता विरामीहरु लाई अस्पतालले    कसरी हेरिरहेको छ ? 
मैले माथी पनि भनेको छु । पैसाको कारणले कोही पनि उपचार वाट वन्चित नहोस भन्ने हाम्रो उद्देश्य हो । हुनेले नहुनेको लागी देवस र सवैले उपचार पाउन भन्ने छ । असायको लागी सहायता कोष र सामाजिक सेवा कार्यक्रम छ । यसमा अन्य संघ संस्था र जिल्ला भित्रका निकायहरुले केही मात्रामा सहयोग गर्नुभयो भने अझ विरामीहरुले लाभ पाउने थिए । जस्तै गाविसहरु नगरपालिका, संसद विकास कोष साथै अन्य ।
त्यो कोषमा रकम कहाँबाट आउछ ?
सहायता कोषको लागी संम्पर्कमा हुने साथी भाई मण्डली, संघ संंस्था संग विन्ति गर्ने हो । जसको हृदय छ उहाँहरुले सहयोग गर्नुहुन्छ । 
भारतको अघोषित नाकावन्दी, त्यसमा पनि     चौरजहारीमा खानेपानी र विद्युतको चरम अभाव छ ? यस्तो परिस्थितिमा पनि अस्पतालले प्रदान गर्ने सेवा निरन्तर चलिरहेको छ ? कसरी ब्यबस्थापन गर्नुभएको छ ?
विद्युत र खानेपानीको अभाव र भारतीय नाकावन्दीले गर्दा फलामका चिउरा चपाए झै भैरहेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम, जिल्ला विकास समिति रुकुम, जिल्ला स्वास्थ्य कार्यालय रुकुम, जिल्ला प्रशाशन कार्यालय नेपालगञ्ज आयल निगम नेपालगञ्जलाई विशेष धन्यवाद छ । उहाँहरुको भरपुर सहयोग ईन्धनको आपुर्ति अस्पतालमा हुन सकेको छ । सयौं विरामीहरुको ज्यान वाँचेको छ । चौरजहारी खानेपानी समिति लाई पनि विशेष धन्यवाद पानीको हाहाकार संगै अस्पताल लाई पानी आपुर्तिमा सहयोग गर्नुभएकोमा । बढ्दो विरामीहरुको चाप र घट्दो पानीको स्रोतका कारण अस्पताल र समुदायका लागी भेरी नदि वाट पानी पम्प गर्ने अभ्यास र योजना भैरहेको छ ।
विभिन्न समयमा अस्पताल मार्फत विशेषज्ञ सेवाहरु पनि संचालन हुदै आईरहेका छ, कहाँ कहाँ सम्म पुग्नुहुन्छ ?
स्त्रीरोग, हाडजोर्नी, आँखा, वाल स्वास्थ्य, दन्तरोग, सम्वन्धी विशेषज्ञ सेवाहरु क्रमस वर्षभरी नै संचालनमा छन । स्वास्थ्य शिविरको माध्यामले स्वास्थ्य केन्द्र र अस्पताल सम्म पुग्न नसक्ने       विरामीहरु लाई ठुलो राहात हुने भएकाले रुकुम, जाजरकोट र सल्यानका विभिन्न ठाउँमा पुगेका छौं । रुकुमको गोतामकोट र स्यालाखदी सम्म र      जाजरकोटको अर्छानी र टालेगाउँ सम्म अनी सल्यानको वामे र स्वीकोट लगाएतका दुर्गम गाविसहरुमा पनि स्वास्थ्य शिविर भए र हरेक वर्ष हुन्छन ।
स्वास्थ्य शिविरमा कस्ता कस्ता विरामीहरु भेटिन्छन ?
सवै किसिमका विरामीहरु भेटिन्छन । कसैले जीवनमा डाक्टर नै नदेखेका र आफनो रोग वारे थाहा नपाएका पनि भेटिए । स्यालाखदीमा एक जना आमा ३४ वर्ष देखि पाठेघर खसेर पिडा भोगीरहनुभएको भटिनुभयो, यस्तै थुप्रै वेदनाहरु भेटन पाउछौं । जसको कारण हामीले थोरै भएपनि केही गर्नुपर्छ भन्ने प्रेरणा र मनभरी हुन्छ । अज्ञानता, गरिवी, वाटोघाटोको पहँुच नहुनु जस्ता समस्याले होला सायद उहाँहरु अस्पताल सम्म आउन सक्नुभएको छैन ।  सरोकारवालाको व्यवस्थित संरचना र प्रणालीको उदासिनता पनि हो । 
अस्पतालमा अहिले पाठेघर खस्ने समस्या भएका महिलाहरुको शल्यक्रिया शिविर चलिरहेको छ ? यस बारेमा आम महिलाहरुलाई प्रस्ट पारिदिनुहास न ?
अहिले भैरहेको शिविरमा २५ जना सम्मको सल्यक्रिया हुने छ । यो शिविर पुरै निशुल्क हो । एक महिला सम्म शिबिरले निरन्तरता पाउछ । 
देश संघियतामा गयो अस्पतालको भावी योजना के छ ?
यो अस्पताललाई सवै मिलेर यस ६ नं. प्रदेशकै    भरपर्दाे अस्पताल वनाउनु पर्छ भन्ने दिर्घकालीन योजना छ ।
सोध्न भुलेको तर तपाईले भन्न चाहेको कुनै बिषय छुटेको जस्तो लाग्छ ?
सबै कुरा आईसकेको छ । डाक्टर सहित ६० जना बढी स्वास्थ्यकर्मीहरु अस्पतालमा कार्यरत हुनुहुन्छ उहाँहरुको कार्यका लागि धेरैधेरै धन्यबाद र कामको प्रशंसा गर्न चाहान्छु । त्यस्तै अस्पतालको लागी     रचनात्मक सहयोग सल्लाह दिनुहुने सवै प्रति      आभारी छौं । र यो अस्पताल विकासको लागी सवैले अपनत्वको भावना वाट दिनदुखिको सेवामा ईट्टा थपिदिन हार्दिक अनुरोध गर्दछु । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |