आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 31, 2015

सिमान्तकृत समुदायको खाद्य सुधारमा ३३ लाख खर्च

आहा सञ्चार संबाददाता
जिल्लाको गरायला गाविसमा गरिब तथा सिमान्तकृत समुदायको खाद्य सुधारका लागि ३३ लाख बढी रकम खर्च भएको छ । कार्यक्रम संचालन गरिहेको दलित सेवा संघ रुकुमको बार्षिक समिक्षा कार्यक्रम यस्तो जानकारी दिएको हो । संघले युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा जिल्लाको गरायला गाविसमा गरिब तथा सिमान्तकृत समुदायको खाद्य सुरक्षामा सुधार कार्यक्रम दुई बर्ष देखि सञ्चालन गर्दै आएको थियो । 
कार्यक्रममा हालसम्म गरेका गतिबिधीको समिक्षा सहित कार्यक्रम संचालन पश्चात भएका उपलब्धी र चुनौतिहरुको बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ ।  कार्यक्रम मार्फत सिंचाई लगायतका भौतिक पुर्बधार निर्माण देखि कृषकहरुलाई कृषि बिउ बिजन बितरण र त्यसका लागि आबश्यक तालिम समेत सञ्चालन गरेको फिल्ड सुपरभाईजर मेनका परियारले जानकारी दिईन । ३३ लाख ५४ हजार ८ सय ४८ बजेट रहेको कार्यक्रममा हालसम्म ३३ लाख १४ हजार ७ सय ९९ रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराईयो थियो । कार्यक्रम पश्चात लक्षित समुदायमा केहि प्रतिफल प्राप्त भएको भएपनि त्यसलाई अझै प्रभाकारी ढंगले कार्यक्रममा निरन्तरता दिनुपर्ने सहभागीहरुको भनाई रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |