आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 22, 2015

२६ जना पत्रकारले पाए शिबिरबाट पत्रकार परिचयपत्र

मेगराज खड्का
रुकुम 
सूचना बिभाग काठमाण्डौंले रुकुममा आयोजना गरेको घुम्ती शिबिरबाट २६ जना पत्रकारहरुले पत्रकार परिचय पत्र प्राप्त गरेका छन । सूचना बिभागको एक टोली रुकुममा आएर बिहिबार घुम्ती शिबिरको आयोजना गरेको थियो । शिबिरबाट २६ जना नयाँ पत्रकारहरुको पत्रकार परिचय पत्र जारी, २ जना पत्रकारको परिचय पत्र नबिकरण र २ वटा पत्रिकाको लागि टेलिफोन जडान तथा शुल्क छुटको सिफारिस भएको सूचना बिभागका शाखा अधिकृत मिठाराम हुमागाईले जानकारी दिए । 
जिल्लामा कार्यरत पत्रकारहरुको लागि घुम्ती शिबिरको अयोजना गरि नेपाल सरकारको तर्फबाट प्रदान हुदै आएको पत्रकार परिचय पत्र बितरण हुँदा जिल्ला स्थित पत्रकारहरु खुसि भएका छन । पत्रकार परिचय पत्र बनाउनका लागि राजधानी काठमाण्डौ जाँदा आर्थिक तथा अन्य हिसाबले पनि समस्या हुने गरेका कारण जिल्लाका सिमिति पत्रकारहरुले मात्र पत्रकार परिचय पत्र यस अघि प्राप्त गरेका थिए । 
तर जिल्लामा एक दिन मात्र शिबिरको आयोजना गरिएका कारण सबै पत्रकारहरुले भने समेट्न नसकेको बताईएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |