आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, December 5, 2015

रुकुमबाट पनि शुरु भो नयाँ शक्ति अभियान

आहा सञ्चार संबाददाता
रुकुम जिल्लाबाट पनि डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियानको औपचारिक शुरुवात गरिएको छ । नयाँ शक्ति अभियान रुकुमले सदरमुकाम खलंगा स्थित एक होटलमा पत्रकार सम्मेलन गरि अभियानको औपचारिक शुरुवात गरेको जानकारी गराएको हो । अभियानको जिल्ला संयोजकको रुपमा शरण बाँठामगर रहेका छन । पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै संयोजक बाँठामगरले नयाँ शक्ति अभियान नेपाली जनतालाई नयाँ आशाको रक्रसञ्चार प्रबाह गर्न बैकल्पिक नयाँ राजनैतिक शक्तिको रुपमा उदय भएको बताए । 
सत्ताधारी राजनैतिक दलको निहित स्वार्थका कारण देश अहिले संकटमा फसेको उल्लेख गर्दै अघोषित नाकाबन्दी तत्काल खुलाउन पहल गरि जनतालाई राहात प्रदान गर्न समेत नेपाल सरकार समक्ष माग संयोजक बाँठामगरले गरे । नयाँ शक्ति समाजबादीधार या बामपन्थीधारको कस्तो बिचारधारा राख्ने भन्ने कुरा अहिले बहसको बिषय भएको उल्लेख गर्दै बिगतमा भएको द्धन्द्धात्मक भौतिकबाद तथा अहिलेको नयाँ राजनैतिक समस्या समाधानको शुत्र दुबैलाई समेटेर लिदा राम्रो हुन सक्ने समेत उनले धारणा राखे । 
संयोजक बाँठा एमाओबादी रुकुमका पुर्ब ईन्चार्ज समेत हुन । त्यस्तै एमाओबादी रुकुमबाट नयाँ शक्ति अभियानमा जोडिएकाहरुको नाम समेत सार्बजनिक गरिएको छ । जसमा दिपेन्द्र बिक, उपेन्द्रलाल कामी, गणेश चिन्तन, अमर ओली सहित जिल्ला स्तरका अन्य नेता कार्यकर्ता गरि एक दर्जन बढी रहेका छन । अभियानको तर्फबाट एक प्रेस बिज्ञप्ती समेत जारी गर्दै अभियान अगाडि बढाउन यहि मंसिर २० गते देखि ३० गते सम्म अनौपचारिक छलफल तथा भेटघाट, पुस ५ गतेदेखि १० गते सम्म सर्बपक्षिय अन्तरक्रिया र पुस १५ गते जिल्ला स्तरीय समिक्षात्मक भेला राख्ने जानकारी समेत गराएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |