नेपालगन्ज ः हिंसा न्युनिकरण गर्नको निम्ति महिला र पुरुषमा एकताको खाँचो रहेको एक कार्यक्रममा जोड दिइएको छ । महिला मानव अधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा आयोजित १६ दिने महिला हिंसा विरुद्धको अभियानमा सेतो रिवन वितरण कार्यक्रममा पुर्व सभाषद मोहम्मदी सिद्धिकिले यस्तो कुरा बताएकी हुन । उनले महिला हिंसा न्युनिकरण गर्न महिला पुरुष दुवैको उत्तिकै महत्वपुर्ण भुमिका रहेको बताउदै हिंसा न्युनिकरणको निम्ति पितृसत्तात्मक सोचको अन्त्य हुनु पर्ने धारणा राखिन । प्रमुख अथिति समेत रहेकी सिद्धिकिले १६ दिने महिला हिंसा विरुद्धका अभियान संचालन भइरहेको समयमा धम्बोझी १ मा श्रीमानले श्रीमतीको हत्या गरेको समाचार आएकोमा दु ःख व्यक्त गदै यस्ता घटनाले महिलाको अवस्थालाइ प्रष्ट पारेको बताईन ।
उनले जब सम्म महिलालाइ हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सकिदैन तब सम्म महिलाले यस्ता हिंसा सहिरहनु पर्ने ठोकुवा समेत गरिन । यसैगरी नेपाली कांग्रेस महासमिति सदस्य किरण कोइरालाले सेतो रिवन लगाउनुको उदेश्य हिंसा हुन दिन्न, हिंसा सहन्न र हिंसा गर्दिन भन्ने रहेतापनि आफु महिला भएकै कारण हिंसा सहन बाध्य रहेको अवस्थालाइ प्रष्ट पारिन । उनले एकातिर हिंसा सहन्न भन्ने उदेश्यले सेतो रिवन लगाएकी छु अकोतिर आफुमा भइरहेको हिंसाको प्रतिकार गर्न सकेकी छैन भन्दै सहभागीलाइ भावुक बनाईन ।
महासमिति सदस्य कोइरालाले सेतो रिवनले शक्ति बोकेको छ त्यसकारण आजैका दिन देखि सबैले म हिंसा गर्दिन,सहन्न र हुन दिन्न भन्ने प्रण गर्न जरुरी रहेको बताईन । कार्यक्रममा महिला मानवअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले १६ दिने महिला हिंसा विरुद्धको अभियानको इतिहास, उदेश्य र महत्वको बारेमा जानकारी गराईन । उनले सन् १९९६० को नोभेम्वर २५ कादिन ३ दिदी वहिनीको हत्या भएको दिनको सम्झनामा यो दिबश मनाउदै आएको र सेतो रिवन लगाउनु को उदेश्य हिंसा गर्दिन,हुन दिन्न र सहन्न भन्ने रहेको बताईन ।
विहिवार विपीचोकमा संचालन गरीएको कार्यक्रममा महिला मानवअधिकार रक्षक सन्जाल बाँकेका कोषाध्यक्ष मैमुना सिद्धिकिद्धारा सहभागीहरुलाइ सेतो रिवन वितरण गरीएको थियो भने कार्यक्रमको संचालन सदस्य विष्णु रोकाले गरेकी थिइन । कार्यक्रम संचालन गर्ने क्रममा सदस्य रोककाले बाँकेमा भुमिअधिकार मन्चले महिलाको नाममा ६ विघा ७ कठ्ठा जग्गाधनी लालपुर्जा दिलाउन सफल भएको जानकारी गराउदै यसबाट पनि महिलाको आर्थिकमा पहँच पुर्याउनमा मद्दत मिलेको जानकारी गराइन ।
कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेति, अनेमसंघका उपाध्यक्ष इता अर्याल, नेपालगन्ज उद्योग बाणीज्य संघका उपमहासचिव रचना श्रेष्ठ , क्रियाशील पत्रकार महिलाका अध्यक्ष उमा थापा, द्धन्दपीडित तथा एकल महिलाका म.प. संयोजक शोभा वि.सी.,फातिमा फाउण्डेसनका सदस्य तथा संकल्प क्षेत्रिय कार्यालयका संयोजक सबनम परविन,कुरीति अन्त्य समाजका अध्यक्ष जयन्ती के.सी.लगायतका ४ दर्जन बढि महिलाको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment