आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, December 27, 2015

२ माईनस १ श्रीमती छन्, प्रेमिका त श्रीमतीलाई नै खोज्न जिम्मा लाउनु पर्ला ?

आहा सञ्चार साप्ताहिक पत्रिकाका लागि राष्ट्रिय संगितकार रामु खड्कासँग राम वि शाम (साधक) ले गर्नुभएको आहा कुराकानी । 
१. कसरी बित्दैछन् दिनहरु ?
उत्तरः काठमाडौँमा विजोकमा वित्दैछन् हजुर......
२. तपाईलाई जन्माईएको हो कि तपाई जन्मिनुभएको हो ?
उत्तरः आमा र बा मिलेर सल्यानमा खसाल्नु भाको रे
३. तपाईको जन्म आफ्नो निम्ती कि अरुको निम्ती ?
उत्तरः कलाकार भाको नाताले सबैको निम्ती तर जन्मदा साथी कसैलाई देखिन ।
४. तपाईको कति जना श्रीमती र कति जना प्र्रेमिका छिन् ?
उत्तरः २ माईनस १ श्रीमती छन्, प्रेमिका त श्रीमतीलाई नै खोज्न जिम्मा लाउनु पर्ला ।
५. कति आए, कति दिनु भो क्याम्पस पढ्दा Love Letter  हरु ? 
उत्तरः किन ? देखाईदिया छाप्न म लाग्यो र ? पत्रिकामा । 
६. तपाईको माया आफन्तैले लिएकै हो त ?
उत्तरः देखिन त मैले, गित लेखेको सुपरहिट भयो, कसैको लिएको थियो रे....
७. आफ्नो मान्छेलाई साथी मात्र भन्नुपर्दा कत्ति पनि मन दुःखाउनु भएन र ?
उत्तरः काँडाले घाचेपछि पो दुख्नु, औँलाले घोच्दा के दुख्थ्यो ।
८. तपाईलाई नेपाल र भारतको राजदुतावास बनाईयो भने गर्नुहुन्छ ?
उत्तरः राज हटाएर दुध प्लस भात बनाए नेपालीलाई बाँड्थेँ ।
९. तपाईको विचारमा सेक्स के हो ?
उत्तरः यो त आत्मको अनुभव होला ।
१०. काठमाडौँमा बसेर खान के मा पकाएर खानुहुन्छ त ?
उत्तरः नखाने, सबैभन्दा ठुलो नेपाली नोट १००० हो, त्यो पैँसामा केही आउँदैन कसरी खानु ।
११. ३ किलो सुन भेटाउनु भयो भने के गर्नुहुन्छ ?
उत्तरः तपाईलाई वेहुली जस्तै सिँगारी दिउँला । 
१२. साक्षात भगवान प्रकट भएर २ चिज माग भनेपछि के के माग्नुहुन्छ ?
उत्तरः त्यही दुई चिज त हो नी हजुरले नै दुई चिज भन्नु भो ।
१३. झुक्केर मोदीको फोन तपाईकोमा आयो भने के भन्न मन छ ?
उत्तरः म नेपाली गोर्खे रामबहादुर हुँ, बाँकी आफै बुझ्नुहोस् ।
१४. तपाई मरेर भूत हुनु भयो भने सर्वप्रथम कसलाई तर्साउनुहुन्छ ?
उत्तरः मोदीलाई ।
ल त हजुर आजलाई यति गरौँ, स्तम्भका लागि कुराकानी गर्ने समय दिनुभयो यसका लागि हजुरलाई लाख लाख धन्यवाद ।
 म संगित गर्ने मान्छेलाई फरक ढङ्गबाट उत्तर दिने समय दिनुभएकोमा तपाई राम वि शाम (साधक) लगायत आहा सञ्चार टिमलाई धेरै धेरै धन्यवाद  । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |