आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 24, 2015

मृतक परिवारलाई बिमा रकम प्रदान

रुकुम । प्राईमलाईफ इन्स्योरेन्स कम्पनीले रुकुम सदरमुकाम खलंगा आज एक मृतककी श्रीमतिलाई बिमा रकम प्रदान गरिएको छ । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएका चुनबाङ ३, रुकुमका रणबिर पुनको मृत्यु भएपछि उनकी श्रीमति कमला पुनलाई बिमा रकम प्रदान गरिएको हो ।
 पुनले बिदेश जानु अघि अनिबार्य बिमा गर्नुपर्ने प्रचलित नियम अनुसार प्राईमलाईफ इन्स्योरेन्सबाट बिमा गरेका थिए । जस अनुसार मृत्यु दाबी पश्चात दाबिकर्ताले पाउनुपर्ने कुल ६ लाख ५० हजार रुपैयाँको चेक मृतकी श्रीमती पुनलाई कम्पनीका क्षेत्रिय प्रबन्धक राम बहादुर शाहीले प्रदान गरेका हुन । यहि असोज १५ गते मृत्यु भएका पुनका १ छोरा र १ छोरी रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।  

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |