आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 31, 2015

एमालेको भेला सम्पन्न

आहा सञ्चार
संबाददाता
नेकपा एमाले गाउँ कमिटि सिम्लीको भेला सम्पन्न भएको छ । नेकपा एमाले रुकुमको गाउँ जागरण र संविधान प्रचारप्रसार अभियान अन्तरगत सिम्ली गाउँ कमिटीको भेला सम्पन्न भएको हो । उक्त गाउँ भेलाले आसन्न सम्पन्न हुने विभिन्न गाउँ परिषद, ईलाका परिषद र स्थानीय निकायका कामकाजमा सक्दो सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टी सदस्यता वितरण, नविकरण, विभिन्न समाज सेवाका कार्यक्रममा भाग लिने जस्ता निर्णयहरु समेत भेलाले गरेको छ । 
उक्त गाउँ भेलामा नेकपा एमाले रुकुमका उपाध्यक्ष ऋषिप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने सचिवालय सदस्य मनविर घर्तीको विशेष आतिथ्यता रहेको थियो । एमाले गाउ कमिटी उपाध्यक्ष कविराम ओलीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य गाउँ कमिटि सदस्य मान वहादुर रावतले गरेका थिए भने कार्यक्रम सञ्चालन गाउँ कमिटि सचिव शेर बहादुर डाँगीले गरेका थिए । हालै बसेको नेकपा एमाले जिल्ला कमिटी रुकुमको बैठकले गाउँ जागरणका लागि एमाले गाउ गाउँ जाने निर्णय गरेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |