रुकुम । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियान तिर लागेका रुकुम जिल्ला स्थित ४ जना कार्यकर्तालाई एमाओबादी रुकुमले कारबाही गरेको छ । जिल्ला समिति सदस्य दिपेन्द्र बिक, उपेन्द्रलाल कामी र जिल्ला परिषद सदस्य गणेश चिन्तन र अमर ओलीलाई कारबाही गरिएको हो ।
जिल्ला अध्यक्ष गोपाल शर्मा अनलले एक प्रेस नोट सार्बजनिक गर्दै पार्टी हित बिपरित कार्यमा लागेका कारण साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको उल्लेख गरिएको छ । प्रेस नोटमा कारबाही उल्लेख गरिएका ४ जना यस अघि नै नयाँ शक्ति अभियानमा लागेको सार्बजनिक गरिसकेका थिए ।
0 comments:
Post a Comment