आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 3, 2015

तरकारी बिउ उत्पादक सहकारी संस्थाहरुको अवलोकन

आहा संचार संबाददाता
रुकुम
जिल्ला स्थित केहि तरकारी बिउ उत्पादन सहकारी संस्थाहरुको अवलोकन गरिएको छ । तरकारी बिउ उत्पादक सहकारी संस्था लिमिटेड खलंगा रुकुमको आयोजना र युनाईटेड मिसन टु नेपाल रुकुम क्लष्टरको आर्थिक सहयोगमा साताअघि कार्यक्रम ब्यवस्थापन समितिबाट कार्यक्षेत्र अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको हो । 
तरकारी बिउ उत्पादनको क्षेत्रमा काम गरिरहेका छिबाङ, सिम्ली, बिजयश्वरी, खोलागाउँ र पेउघाका बिभिन्न सहकारीहरुको अवलोकन      गरिएको हो । बिउ उत्पादन क्षेत्रको अवलोकन गरि बिउ उत्पादक कृषकहरुलाई  गुणस्तरीय बिउ उत्पादन सम्बन्धी प्राबिधिक सल्लाह सुझाब दिई कृषक स्तरमा भएका अपेक्षा संकलन गर्ने कार्यक्रमको लक्ष रहेको तरकारी बिउ प्रबर्धन कार्यक्रमका परियोजना संयोजक रण बहादुर परियारले जानकारी दिए । जस अनुसार सिंचाई कुलो, संस्थागत बिकासका लागि कार्यालय अवलोकन र बिउ बाली तथा भकारो सुधार अवलोकन गरिएको थियो । युनाईटेड मिसन टु नेपाल रुकुम क्लष्टरको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम पश्चात तरकारी बिउ उत्पादन तथा बजारीकरणमा समेत सहयोग पुगेको स्थानीय कृषकहरुले बताएका थिए । 
समशितोष्ण उन्नत तरकारी बिउ उत्पादन सहकारी संस्था खोलागाउँकी अध्यक्ष गोपा बिएमले      तरकारी बिउ प्रबद्र्धन कार्यक्रमले उत्कृष्ठ तरकारी बिउ उत्पादन देखि तरकारी बिउ बजारीकरण, सहकारी संस्थाको लेखा ब्यबस्थापन लगायत सदस्यहरुको नेतृत्व विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको बताईन । अन्य बिभिन्न गाविसका तरकारी बिउ उत्पादक सहकारीका पदाधिकारीहरुले पनि जिल्लाबाट गएको अवलोकन टोलीलाई तरकारी बिउ प्रबद्र्धन कार्यत्रलले उत्पादन देखि बजारीकरण सम्म राम्रो भुमिका खलेको भन्दै अझै मुल्य एकरुपता र निरन्तरताका लागि कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने अनुरोध गरेका थिए । अनुगमन टोलिमा पुगेका युनाईटेड मिसन टु नेपाल रुकुम क्लष्टरका टिमलिडर ताराहाङ तावाले तरकारी बिउ उत्पादक सहकारीको कार्यालय देखि लेखा ब्यबस्थापन तथा तरकारी बिउ उत्पादनका क्षेत्रमा       भैरहेको सहयोग गर्ने कार्यक्रम केहि समय भित्रै सकिन लागेको जानकारी गराउदै यस अघि भएका सहयोगहरुको सदुपयोग गर्दै निरन्तर ब्यवसायिक अभ्यास गर्न अनुरोध गरेका थिए । 
त्यस्तै अवलोकन टोलीमै गएका जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणी दाहालले तरकारी बिउ उत्पादनका क्षेत्रमा कृषकहरुले सहकारी मार्फत गरिरहेको कार्य स्रहानिय रहेको उल्लेख गर्दै  त्यस्ता सहकारी तथा कृषकहरुलाई जिल्ला विकास समितिको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |