आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, November 30, 2015

सानीभेरी सहकारीको अधिबेशन सम्पन्न

नन्दराम ओली
सिम्ली, रुकुम
सानीभेरी उन्नत तरकारी बिउ उत्पादन सहकारी संस्था लिमिटेड सिम्ली ९, हाँसिबाङ रुकुमको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवम् केन्द्रिय बिउ सहकारी संघका सदस्य दिलबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका ८८ जना शेयर सदस्य गरि सरोकारवाला अन्य १ सय बढीको सहभागिता रहेको थियो । ब्यबस्थापक कर्ण बहादुर ओलीको सञ्चालन रहेको कार्यक्रममा सदस्य गोपाल बिष्टले स्वागत मन्तब्य राखेका थिए ।
 २०६८ माघ १६ गते बिधिवत रुपमा सहकारी भिभिजन कार्यालय दाङमा दर्ता भएको यस संस्था हाल आफ्नै भवनमा कार्यसम्पादन गर्दै आएको छ । कार्यक्रममा संस्थाको आयब्यय समेत सार्बजनिक गरिएको छ । प्रस्तुत प्रतिबेदन अनुसार ११ लाख २० हजार ३ सय ६९ रुपैयाँ आम्दानी र ७ लाख ७४ हजार ५ सय ३२ रुपैयाँ खर्च रहेको छ । संस्थाको बन्द शत्रबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । नबगठित समितिको अध्यक्षमा कर्णसिङ डाँगी, उपाध्यक्षमा भद्र बहादुर डाँगी, सचिबमा कर्ण बहादुर ओली, सहसचिबमा अन्जना नकाल र कोषाध्यक्षमा देब वहादुर ओली रहेका छन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |