आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, November 6, 2015

अतिरिक्त महानिरीक्षक शाहले गरे इलाका प्रहरी भवनको उदघाटन

शेरप्रसाद ढकाल
चौरजहारी
प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले प्रहरी नागरिकको घरघरमा पुग्न आवश्यक रहेको बताएका छन । ईलाका प्रहरी कार्यालय चौरजहारीको नव निर्मित भवनको उदघाटन कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहले समाजमा शान्ति सुरक्षा र जनताको विश्वास कायम गर्नु प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गरे । 

२०६८ असार २२ गते सम्झौता भई निर्माण कार्य थालिएको भवनको गत वैशाख महिनामा निर्माण कार्य सम्पन्न भएको थियो । सुविधा सम्पन्न १५ कोठे भवन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तरगत शान्ति कोषको सचिवालयको १ करोड ४४ लाख ६० हजार ६ सय रुपैयाँ वरावरको लगानीमा सम्पन्न भएको बताइएको छ । २०५७ पुस २५ गते तत्कालिन विद्रोही पक्षको आक्रमणपछि विस्थापित भएको ईलाका प्रहरी कार्यालय २०५९ देखि भाडाको घरमा संचालन हुदै आएको थियो । 

कार्यक्रममा भवन निमार्णका लागि सहयोग गर्ने विभिन्न व्यक्ति, जग्गादाता, पत्रकार लगायतलाई प्रशंसा पत्र मार्फत सम्मान पनि गरिएको थियो । राजनैतिक दलका स्थानीय प्रमुख, व्यापारी बुद्धिजीवि, सर्वसाधारण, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय चौरजहारी भवन निमार्ण सहयोगी समितिका अध्यक्ष प्रेम बहादुर ओलीको अध्यक्षता रहेको थियो । कार्यक्रममा राप्ती अंचल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक प्रेम चन्दको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले गरेको बताइएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |