रुकुम ः दिपज्योति प्राथमिक विद्यालय अर्मा ९ काँडा रुकुमका बिद्यार्थीहरु भवन अभाव हुँदा खुल्ला चौरमा बसेर पढ्ने गरेका छन । बिद्यालय भवन पहिरो तथा भूपम्पले क्षति गरिदिएपछि यस्तो समस्या भएको बताइएको छ ।
२०७० साल श्रावणमा आएको पहिरोले ४ कोठे भवन क्षति भएर एउटा कोठा मात्र बचेको थियो । त्यही एउटा कोठा पनि यसपटकको भूकम्पले चिराचिरा पारेपछि खुल्ला चौरमा बिद्यार्थी पढाउनुपर्ने बाध्यता रहेकोे विद्यालयका प्रधानअध्यापक दिनेश खडकाले जानकारी दिए । भवन निमार्णका लागी सदरमुकाममा आएर सम्बन्धीत निकायहरुमा पटक पटक आग्रह गर्दा समेत सम्बन्धित पक्षले चासो नदेखाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम खडको गुणासो रहेको छ ।
कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयमा करीब १६० बिद्यार्थीहरु रहेका छन । खुल्ला चौरमा पठाई हुदा शिक्षण प्रकृया प्रभाबकारी समेत बन्न सकिरहेको छैन ।
0 comments:
Post a Comment