फुलमाया बिक/प्रशिक्षार्थी पत्रकार
बाँफिकोट, रुकुम
पछिल्लो समय रुकुम जिल्लाका बिभिन्न क्लब तथा संघ संस्था र बिद्यालयहरुले देउसीभैलो खेल्ने र सो मार्फत जम्मा भएको रकम सामाजिक कार्यमा लगाउने क्रम बढ्न थालेको छ । यसको पछिल्लो उदाहरण भनेको छ बाँफिकोट ८ स्यानीदहको समाज सुधार युवा क्लब ।
उक्त क्लबले यसपालिको देउसीभैलोबाट संकलित ३० हजार रुपैयाँ संकलन गरि सो रकमबाट गाउँमा खानेपानीको पाईप सुधार तथा मर्मत गर्ने निर्णय गरेको छ । बिगत १० बर्ष अघि गाविसको अनुदानबाट निर्माण गरिएको मित्रखोला खानेपानी आयोजना लामो समयसम्म पनि मर्मत हुन नसक्दा जिर्ण बनेको छ । जसका कारण गाउँमा पानीको समस्या पर्न थालेपछि बैठक बसी उक्त निर्णय गरिएको क्लबका अध्यक्ष तिलक केसीले जानकारी दिए ।
0 comments:
Post a Comment