आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, November 22, 2015

भैलोको रकमबाट धारा निर्माण देखि स्वास्थ्य चौकीको जग्गा खरिद सम्म


रुकुम ६, मंसिर ः जिल्लाको खोलागाउँ ९, मा गठित सुन्दर समाज बाल क्लबले सहयोग संकलित रकम र देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट चिसापानीमा बालमैत्री धारा निर्माण गरेको छ । सहयोग संकलित १० हजार र भैलोबाट संकलित ५ हजार गरि जम्मा १५ हजार बराबरको लागतमा धारा निर्माण कार्य सम्पन्न भएको हो । 
धाराको औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । जेष्ठ नागरिक सरुण खत्रीले रिवन काटेर धाराको उद्घाटन गरेका हुन । आयोजकले धारा निर्माणमा आर्थिक तथा श्रम सहयोग गर्नेलाई सम्मानपत्रले सम्मान गरेको थियो । त्यस्तै वडा नम्बर ५ मा गठित वठा नागरिक मञ्चले देउसीभैलोबाट संकलित १ लाख १० हजार रुपैयाँले स्वास्थ्य चौकी सर्केनाको १२ सय बर्गमिटर जग्गा खरिद गरेको छ । हाल स्वास्थ्यचौकी खानेपानी कार्यालयको जीण भवनमा रहेर सेवा संचालन गरिरहेका छ । यस भवनबाट जनमैत्री सेवा प्रदान हुन नसकेका कारण जग्गा खरिद गरिएको मञ्चका सदस्य सुमन ओलीले जानकारी दिए । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |