दधिराम खनाल
यात्राका लागि आवश्यक सुविधायुत्तल ठाउँ भनेर बुभ्ने गरिन्छ वसपार्कलाई । सर्वसाधरणहरु टिकट काटेर वस चढने ठाउँलाई वसपार्क भनेर बुभ्ने गर्दछन ।
राप्ति अंचलको सदरमुकाम साथै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको तुलसीपुरको वसपार्क अव्यवस्थाको सिकार भएको छ । लामो समयदेखि वजार क्षेत्रमा रहेको वसपार्क व्यवस्थीत वनाउने उदेश्यले २०७१ सालमा तुलसीपुर नगरपालिकाले पातुखोला किनारमा तटवन्ध गरेर १२ विगाहा जग्गामा वसपार्क सारेको थियो । तुलसीपुर नगरपालीका वडा नं५ मा तुुलसीपुर नगरपालीकाको नाममा दर्ता श्रेस्ता भएको ५ख ५४३ कि.न. रहेको १२ विगाह जमिन तुलसीपुर नगरपालिकाले स्थायी वसपार्कको लागि छुट्याएको छ । तुलसीपुर नगरनगरपालिकाले वसपार्कलाई व्यवस्थीत गर्न गुरुयोजना वनाएर श्रोतको खोजी गर्ने काम भई रहेको वताएतापनि वसपार्कमा भने न्युनतम सुविधाहरु समेत छैनन ।
बसपार्कमा अटो व्यवसाय संचालन गरिरहेका व्यसायीहरुको संघ नेपाल अटोमेकानिक महासंघले समेत अटो व्यवसायीहरुलाई उचित स्थान र भाडाको व्यवस्था गरिदिएर वसपार्कलार्य व्यवस्थीत गर्न तुलसीपुर नगरपालीकालाई अनुरोध गरिसकेको वताएको छ । तर वसपार्कको क्षेत्रमा भाडा दिएर वार्षीक ६० लाख वढी भाडा उठाउदै आएको तुलसीपुर नगर पालिकाले भने वसपार्क व्यवस्थीत गर्नेतर्फ पहल नगेको आरोप वस व्यवसायी , अटोव्यवसायि तथा तुलसीपुर नगरबासीको छ । तुलसीपुर नगरपालिकाले भने वसपार्कलाई व्यवस्थीत गर्न संसोधित वसपार्क माष्टर प्लान वनाई काम अगाडि वढाएको दावि गरिरहेको छ । नगरपालिकाको मास्टर प्लान आकर्षक भएपनि श्रोत खोज्न ढिलाई भइरहदा यात्रु र वस व्यवसायीले दु ःख पाइृ रहेको र नगरको सोभा नै विग्रीएको अवस्था भने प्रष्ट देखिन्छ ।
वास्तमा व्यवस्थीत वसपार्कमा निम्न प्रमुख कुराहरु हुनुपर्छ ।
सुरक्षा क्याटर तथा कार्यलय
ग्रीन पार्क
छोटो दुरी र लामो दुरीको वसपार्क
वस ट्याक्सी स्टेशन
आधुनिक शौचालय
विभिन्न किसिमका व्यवसायीक सटल
भ्यू टावर तथा घण्टा घर
ग्यारेज
पेट्रोल पम्प
गाडि साटपाटको लागि रेसेट
आधुनिक टिकट काउन्टर
चोरी नियन्त्रण तथा सुरक्षाको लागि प्रहरी विट
संभावित जोखिम र अपराधलार्य न्युनिकरण तथा नियन्त्रण गर्नका लागि उपयुत्त ठाउँमा सि सि क्यामरा जडान ।
तुलसीपुरको वसपार्कबाट हाल राप्तिका पाचओटै जिल्लाका साथै काठमाण्डौ , पोखरा, सुर्खेत, महेन्द्रनगर , नेपालगञ्ज लगायत स्थानमा यातायात संचालन हुदै आएको छ ।
0 comments:
Post a Comment