गोपाल रेग्मी
रुकुम
भारतले गरेको अघोषित नाका वन्दी संगै रुकुममा खानेतेलको चरम अभाब भएको छ । जिल्ला सदरमुकाम खलंगा सगै दोस्रो ब्यापारिक केन्द्र चौरजहारी वजारमा खाने तेलको चरम अभाव भएको हो ।
उपभोक्ताहरुको माग अनुसार खानेतेलको आपुर्ति सहज हुन नसके पछि किनमेल गर्न वजार आएका सेवाग्राही रित्तो हात घर फर्कनु पर्ने अवस्था सृजना भएको छ । यस अघि वजारमा पाईने सुर्य मुखी, तोरी, स्वायिविन, पामल ,धारा लगाएतका तेलको अभाव भएकोे हो । चौरजहारीमा भित्रिने चौधरी ग्रुप, पोखरा नुडल्स, हिमश्री फुड कम्पिनिहरुमा नै तेल लगाएत अन्य खाद्य पदार्थको सटेज भएकोले वजारमा त्यसको प्रत्यक्ष असर परेको रुकुम उदोग वाणिज्य संघ चौरजहारीका शाखा अध्यक्ष तेज वहादुर विष्टले जानकारी दिए । वजारमा उपभोग्य सामानको अभाव भए संगै वस्तुको मुल्य पनि आकासिएको छ । वजारमा ११ सय पर्ने तेलको पेटी १६ सय सम्ममा विक्रि हुने गरेको थियो ।
त्यसैगरी चामल, चिनी, हार्डवयर, औषधि, ग्याँस, डिजेल, पेट्रोलको समेत अभाव भएको छ । वजारमा तेल लगायत अन्य खाद्य पदार्थमा ४५ प्रतिशतले मुल्य वृद्धी भए पछि उपभोक्ताहरु मारमा परेका छन । चौरजहारी वजारमा रुकुम जिल्लाको, विजयश्वरी, कोटजहारी, पुर्तिमकाँडा, खोलागाउँ, नुवाकोट, सल्यान जिल्लाको, कालागाउँ, भलचौर, मर्मा र जाजरकोट जिल्लाको जगतिपुर, पुन्मा, भुर लगाएतका गाविसमा वसोवास गर्ने उपभोक्ताहरुले सामान किनमेल गर्दै आईरहेका छन ।
0 comments:
Post a Comment