आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, October 13, 2015

पर्यटन प्रबद्र्धन समिति राप्तीको बैठक रुकुमकोटमा

आहा सञ्चार संबाददाता
रुकुम
राप्ती अञ्चल स्तरीय पर्यटन प्रबद्र्धन समितिको दोस्रो बैठक रुकुम जिल्लाको रुकुमकोटमा शनिबार सम्पन्न भएको छ । राप्ती अञ्चलको एकिकृत रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७१ पुस १४ गते दाङको घोराहीमा राप्ती अञ्चल स्तरीय पर्यटन प्रबद्र्धन समितिको गठन गरिएको थियो । राप्ती अञ्चलका सम्पूर्ण जिल्लाका जिल्ला विकास समितिका प्रमुख, पत्रकार महासंघका अध्यक्ष, नगरपालिकाका प्रमुख, उद्योग बाणिज्य संघका अध्यक्ष र अन्य पर्यटन सम्बन्धी विज्ञहरुको समितिमा सहभागीता रहेको छ ।

 समितिको दोस्रो बैठक समितिका संयोजक दाङ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रमेश गौतमको अध्यक्षतामा रुकुमको रुकुमकोटमा सम्पन्न भएको हो । रुकुम जिल्ला विकास समिति र मुसीकोट नगरपालिकाको व्यवस्थापनमा आयोजना गरिएको बैठकमा सल्यान जिविसका स्थानीय विकास अधिकारी हरी दाहाल, रुकुम जिविसका स्थानीय विकास अधिकारी भरतकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख चन्द्रकान्त पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष टेकबहादुर पुन, पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक, राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायि समितिका कार्यालय प्रमुख लोकराज पराजुली, राप्ती अञ्चल स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य सचिव डा. गोविन्द आचार्य, समितिका सदस्य प्रतिकइच्छुक शर्मा, जिबिस रुकुमका सूचना अधिकृत चिन्तामणी दाहाल र उमावि रुकुमकोटका प्राचार्य कृष्ण गौतम लगायत स्थानिय समाजसेवी, संघसंस्थाका प्रतिनिधि, पत्रकार, सरोकारवालाको सहभागीता रहेको थियो । बैठकले राप्ती अञ्चलस्तरीय पर्यटन प्रवद्र्धन समितिले आर्थिक वर्ष २०७१÷०७२ मा गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा र अनुमोदन गरेको थियो । 

यस्तै आ.व. ०७२÷०७३ मा सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुको तर्जुमा गरेको छ । जसमा रुकुममा जनजाति कला संस्कृतिको अध्ययन गरिने छ भने सल्यानमा कुपिन्डेदहको गुरुयोजना तयार पारिने छ । त्यस्तै रोल्पामा हस्तकला प्रदर्शनी र प्युठानमा पर्यटन शिक्षा तालिम लगायतका पर्यटन प्रवद्धन सम्बन्धी गतिबिधीहरु सञ्चालन गरिने रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले जानकारी दिए । उनका अनुसार रुकुम भ्रमण बर्ष २०७२ को अवसरमा राप्तीमा लोककलाहरु रुकुममा प्रदर्शनी पनि गरिने छ । बैठकको अवसरमा रुकुमकोट– २ रुकुमकोटमा स्थापित समृद्ध समाज नेपाल र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्र रकुमकोटको उद्घाटन गरिएको छ । त्यस्तै कार्यक्रम अतिथिहरुद्धारा साँखमा अवस्थित पापिनी दह, रुकुमकोटमा रहेको छिप्रि दह र कमल दहको अवलोकन गरिएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |