मेगराज खड्का
रुकुम
देशका कुनै पनि नागरिकले अपराधिक तथा अन्य प्रकृतिका साना तिना नराम्रा काम गरे कारबाही गर्ने निकाय प्रहरी कार्यालय हो । नेपाल प्रहरीले त्यस्ता प्रकृतिका कुनै पनि नराम्रा घटनाहरु घटाउनेलाई कारबाही गर्छ । द्धन्दकालमा यस्तो अर्थमा पनि बुझीन्थ्यो की नराम्रो काम गर्नेलाई त प्रहरीले कारबाही गर्छ तर नेपाल प्रहरीमा भने त्यो लागु हुदैन, प्रहरी संगठनले जे पनि गर्न छुट भएको देखिन्छ भनेर जनताहरुको गुणासो पनि हुन्थ्यो । शान्ति स्थापना भएको लामो समय बित्ने क्रममा भने नेपाल प्रहरी कसरी हुन्छ जनताको मनमा बस्न मुस्कान सहितको सेवा दिन प्रयासरत छ ।
रुकुम जिल्लाको सन्दर्भमा पनि अहिले गाउँगाउँमा प्रहरी युनिटहरु स्थापना भैरहेका छन भने यस क्रममा प्रहरी संगठन जनताको सहयात्री बनाउन प्रभाबकारी ढंगले सुधारिदै समेत लिईएको छ । जिल्लामा हुने कुनै पनि अपराधिक घटना सगै अन्य प्रकृया नराम्रा घटनाहरु न्यूनिकरण गर्न रुकुम प्रहरी अहिले सक्रिय छ । केहि दिन अघि मात्र शान्ति सुरक्षा कायम राख्न सगै अपराधिक गतिबिधीलाई न्यूनिकरण गर्न जिल्ला सदरमुकामको पातुखोलामा अस्थायी प्रहरी चौकी समेत स्थापना गरेको रुकुम प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द थपलियाले जानकारी दिए । उनका अनुसार रुकुम प्रहरी अहिले कसरी हुन्छ जनतालाई शान्ति सुरक्षा दिन हरसमय लागिरहेको छ । प्रहरी नायब उपरिक्षक थपलिया जिल्ला आएसगै जनताको शान्ति सुरक्षा कायम गर्ने सगै आफ्नो प्रहरी संगठन सुधार गर्न पुरस्कार र दण्डको समेत योजना अंगालेका छन । जसले गर्दा प्रहरी यस्तो संगठन हो जसले नराम्रो नाम गर्ने सर्बसाधरण मात्र होईन आफ्नै संगठनका प्रहरीलाई समेत कारबाही गर्छ भन्ने सकारात्म सन्देश समेत जान थालेको छ । प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७१÷७२ मा प्रहरीको आचरण बिपरितका गैरकानुनी काम गर्ने ३ दर्जन बढी प्रहरी कारबाहीमा परेका छन ।
डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, सेवाग्राहीसंग घुस लिने वा भ्रष्टाचार जन्य आर्थिक अनियमित क्रियाकलापमा संलग्न हुने, अपराधिक ब्यक्तिसंग सांठगांठ गर्ने, महिलासंग अनैतिक सम्बन्ध राख्ने जस्ता खराब आचरण प्रदर्शन गर्ने प्रहरीनायब निरिक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान ३ गरी ५ जनालाई नोकरीबाट हटाईएको छ । त्यस्तै पहरी सहायक निरिक्षक ५, प्रहरी हवल्दार ७ र प्रहरी जवान २६ गरी जम्मा ३८ जना प्रहरी कर्मचारीलाई नसिहद दिने, प्रमोशन रोक्का गर्ने देखि तल्लो तहमा घटुवा गर्ने सम्म गरी प्रहरी सुद्धिकरणमा जोड दिईएको छ ।
त्यस्तै सहासिक कार्य गर्ने प्रहरीलाई परस्कृत समेत गरिएको छ । हातहतियार, लागु औषध, फरार अपराधि पक्राउ गर्ने वा उच्च मनोबलका साथ सहासिक काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गरी अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल उच्च गर्ने तर्फ प्रयास गरिएको छ । जस अन्तर्गत प्रहरी नायब निरिक्षक २, प्रहरी सहायक निरिक्षक २, प्रहरी हवल्दार ५ र प्रहरी जवान २२ गरी जम्मा ३१ जना प्रहरी कर्मचारीलाई परस्कृत गरिएको बताईएको छ । जसलाई धेरैले प्रहरी सेवा प्रवाहमा प्रभावकारीता र आन्तरिक प्रशासन तथा सुधार तर्फको राम्रो कार्यको रुपमा लिएका छन ।
0 comments:
Post a Comment