मेगराज खड्का
रुकुम
जिल्ला प्रहरी कार्यालय रुकुमले हतियार सहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न मितिमा शसस्त्र डांका चोरी, लुटपात लगयत आपराधिक घटनामा संलग्न रहेका रुकुम हुकाम गाबिस ९ डिमुरगैराका बर्ष ३३ का शेर बहादुर सुनार (बि. क.) लाई हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख गोबिन्द थपलियाले जानकारी दिए ।
उनको साथबाट प्रहरीले ९ एमएम सोचालित पेस्तोल १ थान, यसमा प्रयोग हुने १२ राउण्ड गोली, ३८ बोर पेस्तोलको ४ राउण्ड , एसएलआर राईफलको ८ राउण्ड , ३०३ राईफलको ८ राउण्ड गोली, भरुवा बन्दुक थान १, चक्कु थान १, गुलेली थान १ र साईकलको चेन थान १ सहित प्रहरी चौकी हुकामका प्रहरी सहायक निरिक्षक धर्मानन्द भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको हो ।
बिक मिति २०७० साउन २० गते जिल्ला डोल्पा साल्दाङ गा.बि.स. १ निशाल गाउंको शोम्दो भन्ने स्थानमा डांका चोरी गरी घटनास्थलबाट फरार अभियुक्त हुनुको साथै रुकुम जिल्लाका पुर्बि ईलाकाका भएका अन्य लुटपातका घटनाहरुमा समेत संलग्न हुनसक्ने हुंदा सोही बमोजिम अनुशन्धान भैरहेको बताईएको छ । साथै हतियार सहित बिभिन्न घटनाका आरोपी पक्राउ पर्नाले उक्त ईलाकामा दशैंको मुखमा हुनसक्ने लुटपातका घटनाहरु कमि हुने अपेक्षा समेत गरिएको छ ।
0 comments:
Post a Comment