आहा सञ्चार संबाददाता
रुकुम
कागज अभाबका कारण रुकुमबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाहरु केहि प्रभाबित भएका छन भने केहि बन्द भएका छन । तराई बन्दका कारण पत्रिका छपाई गर्ने कागज आउन नसकेपछि यस्तो समस्या भएको मुद्रणको लागि सम्झौता गरेको राप्ती अफसेट प्रेसले पत्रिका सञ्चालकलाई जानकारी दिएको छ । प्रेसका अनुसार पत्रिकाका लागि आबश्यक कागज ल्याउन प्रयास जारी रहेको बताएको छ ।
पछिल्लो समय जिल्लाबाट प्रकाशित ३ साप्ताहिकहरु कै एक एक अंकहरु निस्किएनन् । अन्य पत्रिका प्रकाशन हुन नसकेको भएपनि आहा सञ्चार साप्ताहिकको यस पटकको अंक भने प्रकाशित भएको छ । प्रकाशक/सम्पादक मेगराज खड्काका अनुसार पाठकमा सूचनाको हक स्थापित गर्न बिकल्प खोजेर निरन्तरता दिईएको हो । अफसेट सञ्चालकलाई पत्रिका छापाईको कागज छिटोभन्दा छिटो जिल्लामा ल्याउन र ल्याउने वाताबरण बनाईदिन पत्रिका सञ्चालकहरुले सबैमा अनुरोध गरेका छन ।
0 comments:
Post a Comment