आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, September 11, 2015

‘रुकुम टुक्र्याउनु पुर्बी रुकुमेली र जनयुद्धको मिसन’


सदरमुकाम परिवर्तनले उब्जाएको समस्याबारे एउटा प्रतिबेदन
मेगराज खड्का
रुकुम
सिमांकन सहितको संघियताका बिषयमा प्रमुख दलका शिर्ष नेताहरु बिच तिन पटक सहमति भैसकेको छ । यस क्रममा सिमांकन बिरोध स्वरुप देशका बिभिन्न ठाउँमा शान्तिपुर्ण र हिंसात्मक आन्दोलनहरु भए । दुई दर्जन बढीको ज्यान गयो भने दर्जनौं घाईते भए । अझै पनि तराई सहितका क्षेत्रहरुमा आन्दोलन रोकिएको छैन । रुकुम दुई भागमा टुक्रा पारी दुई प्रदेशमा राखेको बिरोधमा पनि लामो समयदेखि आन्दोलन भैरहेको छ । 
केहि दिन आमहडताल भयो, केहि दिन शान्ति पुर्ण प्रर्दशन त केहि दिन काठमाण्डौमा गएर शिर्ष नेतृत्वलाई भेटेर सिंगो रुकुम बनाउनु पर्ने माग । यी र यस्तै शान्ति पुर्ण आन्दोलन अझै पनि जारी रहेका छन । सोमबार मात्र यसको बिरोध स्वरुप नेपाली काग्रेस रुकुमका सभापति मान बहादुर नेपाली सहितका दर्जन बढी कार्यकर्ताहरुले केन्द्रिय पार्टी सभापति सुशिल कोईरालालाई राजीनामा पनि बुझाईएको छ । यस अघि प्रभाबकारी आन्दोलनमा संस्थागत साथ नदिने तर पछिल्लो समय भएको यो राजीनामालाई केहिले लगनपछिको पोतेको रुपमा समेत लिएका छन । आन्दोलनकारीहरुले पनि आफ्नो शान्तिपुर्ण आन्दोलन लक्ष्य प्राप्त नहुञ्जेल सम्म जारी राख्ने बताएका छन । अहिले खास चर्चाको बिषय भनेको तिन तिन पटक भएको राजनैतिक सहमति तथा संसोधन प्रस्ताब बाट पनि किन रुकुम सिंगो हुन सकेन ? रुकुमको आन्दोलन क्रममा रुकुमका राजनैतिक दलहरुले किन संस्थागत सहभागिता जनाएनन् ? अरु जिल्ला सिंगो रहे तर रुकुम अन्तिम अवस्था समेत किन हुन सकेन ? भन्ने लगायतका प्रस्न नै हुन । 
त्यस्तै अखण्ड रुकुमको आन्दोलनमा बिशेषगरी एमाले काग्रेसका नेता कार्यकर्ता तथा सुबेच्छेक नै बढी छन तर एमाले काग्रेसको सयुक्त सरकारमा पनि किन त्यो माग सम्बोधन हुन सकेन ? रुकुम टुक्रा पार्नेमा आरोप लगाईएका जनार्दन शर्मा जति के सुशिल र केपीले पनि सकेनन त ? अन्य जुन पार्टीको सरकार भएपनि के रुकुम माओबादीको सत्तापक्ष नै हो त ? खासमा पुर्बी रुकुमेलीको मनोभावना के हो ? अनी के रुकुम टुक्रा पार्नु माओबादी जनयुद्धकै मिसन हो त ? रुकुम टुक्रा पार्नमा कसलाई कति घाटा, कसलाई कति फाईदा ? अहिले यी सबै प्रश्न तपाई हामी सामु छताछुल्ल छन । यी सबै प्रश्नको बिश्वस्त जवाफ हामीले कसैसंगबाट पनि पाउन सकेका छैनौ तर त्यसको लागि केहि समय कुर्नै पर्ने देखिन्छ । तर प्रसंगबस आएको एउटा प्रतिबेदन भन्छ जनयुद्ध र पुर्बी मगर समुदायहरु सदरमुकाम खलंगा देखि बिगत देखि नै रुष्ट थिए, रुकुम टुक्रा पारेर सदरमुकाम परिवर्तन गर्नु पनि माओबादी जनयुद्धको एउटा कारण थियो । 

२०५२ सालपछि रुकुममा सोचे भन्दा छिटो र धेरै माओबादी फैलिएपछि यसको मुख्य कारण पत्ता पगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था यूएसएडले आफ्नो खर्चमा रबर्ट गेर्सोर्नीलाई कन्सलट्यान्ट बनाउदै एउटा अध्ययन गरेको थियो । ‘सोईड द बिन्ड ः हिस्ट्री एण्ड डायनामिक्स आफ दि माओइष्ट रिभोल्ट ईन नेपाल राप्ती हिल्स’ शिर्षकमा २००३ मा प्रकाशित प्रतिबेदनमा माओबादी जनयुद्धको उद्गम स्थलमा  बिद्रोह शुरु हुनुका बिभिन्न कारण पहिल्याईएको थियो । जसमा एउटा कारण रुकुमको सदरमुकाम परिवर्तन पनि राखिएको छ । पुर्बी रुकुम ७० को दशकअघि बाग्लुङ जिल्ला संग जोडिएको थियो । 

जसबाट त्यतिबेलाको जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट ८०÷९० किलोमिटर टाढा थियो । जसका कारण त्यस क्षेत्रलाई रुकुममै गाभ्न बेलाबेला माग समेत गरिएको थियो । केहि समयपछि उक्त क्षेत्रलाई रुकुममा गाभियो अनी रुकुमकोट नै सदरमुकाम यथावत भयो जसले गर्दा उनीहरु खुसि समेत भए तर खुसि लामो समयसम्म रहन सकेन, त्यसको केहि समय पछि राजपरिवार संग राम्रो सम्बन्ध भएका धुब्रबिक्रम शाहको शक्तिको प्रभाबले पश्चिमी रुकुमले दरवारलाई रिझाउन सफल भयो ।  राजपत्रमा १९७३ को अप्रिलमा सूचना टास गरि रुकुमको सदरमुकाम रुकुमकोट बाट मुसिकोट सारियो । यस क्रममा पुर्बी रुकुमेली र पश्चिमी रुकुमेली बिच झडप पनि भएको थियो । त्यस बेला देखि पुर्बी रुकुमका बासिन्दा सदरमुकाम खलंगा देखि आक्रोसित र रुष्ट भए ।

 सदरमुकाम रुकुमकोटमै फर्काउन त्यहाँका जनताहरुले शान्तिपुर्ण देखि हिंसात्मक आन्दोलन समेत गरे । राजपरिवारको निर्णय भएका कारण हजारौंको संख्यामा र हतियारसहित पुर्बी रुकुमका जनताहरुले आन्दोलन गरेको भएपनि कफ्र्यु जारी गरेर भएपनि आन्दोलनलाई दमन गरियो । यस क्रममा केहि घाईते भएका थिए भने केहिलाई आन्दोलनकारीलाई सरकारले गिरफ्तारको वारेन्टी समेत जारी गरेपछि पुर्बी रुकुम राजसंस्था बिरुद्ध लागेको थियो । त्यसक्रममा उक्त आन्दोलनकारी कम्युनिष्ट पार्टीको सम्पर्क गएर समस्या अझै बलियो बनेको प्रतिबेदनमा उल्लेख छ । माओबादीले पनि उनीहरुको मागलाई समर्थन ग¥यो । 
जसका कारण माओबादी जनयुद्ध क्रममा देखि शान्ति स्थापना भएको लामो समयसम्म पनि पुर्बी रुकुम माओबादीहरुको दवदवा नै रहिरहेको छ । यहि प्रतिबेदन र हालको जनभावना बुझ्ने हो भने पनि मुसिकोट सदरकामले पुर्बी रुकुमेलीहरु आफुहरुलाई राज्यको पहुँच भन्दा टाढा ठान्दछन । 

जसका कारण पुर्बी रुकुमेलीहरु आफ्नो क्षेत्रलाई अनकुल पर्ने भएको खण्डमा मात्र सिंगो रुकुमको पक्षमा छन तर त्यो नभएको खण्डमा रुकुम टुक्रिएपनि आफुहरु संघिय राजधानी सुगमता र मगर पहिचानको एकताको पक्षमा देखिन्छन । हाल पनि प्रदेश नम्बर ६ मा सिंगो रुकुमलाई समेट्न दलहरु सहमत देखिन्छन तर पुर्ब रुकुमेलीहरु त्यसमा जान चाहादैनन् । जसका कारण पनि रुकुम दुई टुक्राको समस्या समाधान हुन सकिरहेका छैन भने पुर्बी रुकुमको सुगमताका कारण नै माओबादी पनि यतिधेरै बल गरिरहेका देखिन्छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |