आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 1, 2015

रुकुमका कैदीले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


मेगराज खड्का
रुकुम 

रुकुम जिल्ला कारागार शाखामा रहेका कैदी बन्दीहरुले आफुहरुलाई आममाफी दिई राष्ट्र निर्माणमा लगाउन अनुरोध गरेका छन । कैदी बन्दीहरुले यसको माग गर्दै रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल मार्फत प्रधानमन्त्री कार्यालय, प्रमुख दलका केन्दीय कार्यालय सगै अन्य सरोकारवाला निकायहरुमा आम माफीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन । 

कैदी बन्दीहरुको ज्ञापन पत्र बुझ्न प्रमुख जिल्ला अधिकारी सिलवाल कारागारमा पुगेका थिए भने कैदी प्रतिनिधिको तर्फबाट सुरज परियारले ज्ञापनपत्र बुझाए । देश र जनताको प्रतिक्षा र नेताहरुको लामो कसरतका कारण नेपालमा नयाँ संबिधान बन्न लागेको यो सुनौलो अवसरमा आफुहरुलाई सरकारले आम माफी दिनुपर्ने कैदी सुरज परीयारले बताए । 

ज्ञापन पत्र बुझाउदै परियारले भने सरकारले ठुलाबडालाई बेलाबेला आम माफी दिदै आएको छ र यसपटक आफुहरुलाई पनि यो संबिधान निर्माणको सुनौलो अवसरमा आम माफी दिई देश निर्माणमा लगाउन अनुरोध गरे । ज्ञापन पत्र बुझ्दै प्रजिअ सिलवालले यो ज्ञापन पत्र जस्ताको तस्तै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता ब्यक्त गरे । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |