आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 25, 2015

रुकुम बन्द हट्यो, जनजीवन सामान्य बन्दै


मेगराज खड्का
रुकुम 
अखण्ड रुकुम र रुकुमलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग राख्दै दुई साता देखि गरिएको रुकुम बन्द आज देखि हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा क्षेत्र घोषणा गरी सुरक्षा ब्यवस्था कडा पारेपछि आन्दोलनका कार्यक्रमहरु कमजोर बनेका हुन । निषेधित क्षेत्र तोड्न खोज्ने आन्दोलनकारी र प्रहरी बिच झडप भई अप्रिय घटना घट्न सक्ने संभावना देखिएपछि  दुबै पक्षको संयमताका कारण आन्दोलनका कार्यक्रमहरु रचनात्मक बनाईएको हो । आन्दोलनका कारण जिल्ला सदरमुकाम तनाबग्रस्त सगै लामो बन्दका कारण जनजीवन नराम्ररी प्रभाबित बनेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्थित राजनैतिक दलहरुको प्रयासमा आन्दोलनकारीहरु संग बार्ता गरेपछि आन्दोलनकारीहरुले आन्दोलनको स्वरुप बदल्न सहमत भएका हुन । 
जस अनुसार बजार, कार्यालय तथा यातायात बन्द नगराउने सहमति भएको छ भने अन्य शान्तिपुर्ण आन्दोलन भने जारी राख्ने बताईएको छ । एकिकृत रुकुम संघर्ष समिति संयोजक टेक बहादुर पुनले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै लामो बन्दका कारण जनजीवन कष्टकर बनेको महसुस गर्दे बन्दका कार्यक्रम हटाईएको र अन्य शान्तिपुर्ण प्रदर्शन सहितका कार्यक्रम भने जारी रहने बताएका छन । संघर्ष समितिका अनुसार अब मोटरसाईकल र्याली, हस्ताक्षर संकलन, अन्तरक्रिया, ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रमहरु हुनेछन ।
 त्यस्तै सभासद तथा केन्द्रिय पहुँचका नेताहरु मार्फत रुकुमको समस्या सम्बोधन गर्न पहल गर्नेछन । आन्दोलनकारीरुले केहि दिन देखि सदरमुकाममा भित्रिने तरकारी, दुध लगायतका उपभोग्य बस्तुमा रोक लगाएपछि अझै समस्या भएको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |