आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 18, 2015

सुतेको बेला बन्चरो प्रहार गरी श्रीमानको हत्या


मेगराज खड्का
रुकुम २, भदौ

रुकुममा एक महिलाले बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन । जिल्लाको कोटजहारी गाविस वडा नं ४ मेलैनाउली वस्ने श्रीमति गौरी वादीले श्रीमान वुद्धी वादीको हत्या गरेकी हुन । राती मस्त निन्द्रामा सुतिरहेको अवस्थामा धारीलो बन्चरो प्रहार गरेर वादीको हत्या गरेको रुकुमका प्रहरी प्रमुख गोबिन्द थपलियाले जानकारी दिए । 
उनका अनुसार समय समयमा श्रीमानले मदिरा सेवन गरि दुख दिने काम गरेका कारण हत्या गरेको उक्त महिलाले बताएकी छिन ।  अभियुक्त श्रीमति लाई ईलाका प्रहरी कार्यालय चौरजहारीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्ट मार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ । मृतकका २ छोरा र १ छोरी रहेको बताईएको छ । 



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |