आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, August 10, 2015

सभासद जनार्दन र मिठ्ठुको घर घेराउ


मेगराज खड्का
रुकुम 
पछिल्लो राजनैतिक सहमतिमा रुकुमलाई दुई टुक्रा पारेर दुई प्रदेशतिर राखेको बिरोधमा आजदेखि अनिश्चितकालिन रुकुम बन्द घोषणा गरिएको छ । नागरिक समाज र रुकुम उद्योग बाणिज्य सघको सयुक्त आयोजनामा बन्दको आयोजना गरिएको हो ।

 आन्दोलन क्रमममा रुकुमका सभासद जनार्दन शर्मा र मिठ्ठु मल्लको घर घेराउ समेत गरिएको छ । बन्दका कारण रुकुमको बजार, कलकारखाना, शिक्षणसंस्था, सरकाररी तथा गैरसरकारी कार्यालय बन्द गरिएको छ । 
बन्दकर्ताहरुले अखण्ड रुकुमको माग गर्दै बजारमा चर्को नाराबाजी समेत गरेका छन । बन्द कर्ताहरुले अहिले बजारका बिभिन्न भागहरुमा बिरोधमा प्रदर्शन गरिरहेका छन । हिजो पनि रुकुम टुक्रा पारेको बिरोधमा प्रदर्शन गरिएको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |